पार्वती राईको जीवनकै नमिठो क्षण, जसले उनलाई 'डान्सिङ क्वीन' बनायो जयसिंह महरा | १ हप्ता अघि कात्तिक २२, २०७३ काठमाडौं : हिजोआज गीतहरु सुन्ने भन्दा पनि धेरै हेर्ने गरिन्छ। त्यसैले गायक गायिका भन्दा अभिनय गर्ने र नाच्नेहरु बढी चर्चित भइसके। लोकगीतको भिडियोमा नाच्ने चर्चित नृत्यांगना हुन् पार्वती राई। पार्वतीले लोकगीतको म्युजिक भिडियोमा नृत्य गर्न थालेको छ वर्ष भयो। यस अवधिमा ४ सय भन्दा बढी लोकदोहोरी भिडियोमा नृत्य गरिसकिन्। त्यतिमात्र होइन नेपाल र विदेशमा स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त हुन्छिन् उनी। त्यसैले होला कतिपयले उनलाई 'डान्सिङ क्वीन' पनि भन्छन्। 'खाना खान र सुत्न त फुर्सद छैन' अन्तर्वार्ताका लागि समय माग्दा उनले यही जवाफ दिइन्।
'भोली म सुटिङ स्पट र टाइम भन्छु, त्यतै आउनुहोला नि!' उनले पछि भनिन्। तर सुटिङ पछाडि सारेर पार्वती असोज ३ गते भिसा आवेदनका लागि जापानी दूतावास पुगेकी रहिछन्। त्यसैबेलामा उनीसँग कुराकानीको समय मिल्यो। जापानी राजदूतावास अगाडिको अर्गानिक क्याफेमा सेतो पाइन्ट कालो टिसर्ट र त्यसमाथि सेतो कोटमा सजिएकी पार्वती भेटिइन्। उनी त्यहाँ जापानमा कार्यक्रम गर्ने आयोजकसँग कुरा गर्दै थिइन्। फाइनान्सको पैसा संकलन छाडेर नृत्य प्रतियोगितामा 'छोरी नेपाल टेलिभिजनमा 'छमछमी' को विज्ञापन आएको थियो, फर्म भर्ने समय सकिन लागेको रहेछ सिंहदरबार गएर फर्म भर' पार्वतीले ड्याडीका यी शब्द ओठमै राखेकी रहिछन्। पार्वती एसएलसी दिएर नारायणटारको एउटा फाइनान्समा पैसा संकलकको काम गर्थिन्। बिहान कलेज दिउँसो फाइनान्सको जागिरे। 'कसैलाई थाहा छैन यो कुरो कि म फाइनान्समा पैसा संकलन गर्ने काममा पनि थिए भन्ने' मुस्कुराउदै उनले भनिन् 'अनि त ड्याडीले छमछमीमा फर्म भर्न हातमा पैसा थमाएर सिंहदरबार पठाइहाल्नुभयो नि!' फर्म भर्ने अन्तिम दिन थियो। नेपाल बन्द भएकोले पार्वती जोरपाटीदेखि हिँडेरै सिंहदरबार पुगिन्। 'कृषि विकास बैंकको छेउको घरको एउटा कोठामा फर्म भरिदो रहेछ। सायद म नै अन्तिम थिए कि फर्म भर्ने!' पार्वतीले सम्झिइन्। नाच्नकै लागि जन्मेकी थिए कि! पार्वतीका बुबाले उनका हातमा पैसा राखेर जाउ छोरी फर्म भर छमछमीमा भन्नुको कारण थियो पार्वतीको सानैदेखिको नृत्य मोह। 'नाच्न त म नाच्नै जन्मेको जस्तो लाग्छ। ड्याडीले भन्नुहुन्थ्यो 'सानोमा पाइला चाल्न थालेदेखि नै नक्कली पाराकी थिए हिँड्दा पनि नाच्दै हिड्ने थिए रे !' पार्वती भन्छिन्। उनको यही नृत्य मोह बुझेर बुबाले छमछमीमा पठाएका थिए। 'सानोमा नयाँ हाइहिल चप्पल किनिदिदा त्यो लगाएर नाच्दा नाच्दा थकाइ नै लाग्थ्यो' उनले भनिन्। स्कुलमा नाचगानका कार्यक्रम हुँदा पार्वती छुट्दिनथिन्। 'म राम्रो नाच्थेँ। स्कुलमा नृत्य टिमकी लिडर थिएँ। सरहरु पनि पत्याउथेँ। हिट थिएँ नि स्कुलमा' पार्वतीले स्कुले दिन सम्झिइन्। त्यतिबेला उनी कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने बालबच्चाहरुको नृत्य कार्यक्रम 'भोलीको नेपाल' मा अरुणिमा उच्च माध्यमिक विद्यालय बौद्धको नृत्य टोलीको नेतृत्व गरेकी थिइन्। त्यो प्रतिस्पर्धा जितेपछि उनको स्कुलमा हाइ हाइ भएको थियो। उनी घरमा पनि फुर्सद भएपछि गीत बजाएर नाचिहाल्थिन्। पार्वतीको त्यहीँ नृत्यमोहबाट प्रभावित भएर उनका आमाबुबाले साथ दिदै आएका छन्। अनि नृत्य सम्बन्धी कुनै पनि प्रतिस्पर्धाका सूचना भेटे पार्वतीलाई सुनाइहाल्थे। छमछमीको कार्यक्रममा पार्वतीमा जान उनका बुबाले पठाउनुको कारण पनि यहीँ थियो। छमछमीबाट बाहिरिदा... नेपाल टेलिभिजनको रियालिटी शो छमछमीमा पार्वती शीर्ष पाँचमा पुगेर बाहिरिइन्। पार्वतीले फर्म भर्दा सजाएका सपना पूरा हुन पाएनन्। उनले छमछमीको उपाधि नजितेपनि भविश्यमा राम्रो नृत्यंगना बन्ने सम्भावना भने देखाइसकेकी थिइन्। छमछमीमा पार्वती एलिमिनेसनमा परेपछि 'जज' मिथिला शर्माले भनेकी थिइन् 'उसले सबैको मन जितेको छ। भोटको कमीले पछाडि परिनुभयो होला तर उहाँको ट्यालेन्टले उहाँलाई भोलीको दिनमा धेरै माथि देख्न पाउनेछौ।' 'त्यो मेरो जीन्दगीकै नमिठो क्षण बनिदियो। धेरै मिहिनेत गरिएको थियो र धेरै सपना देखेकी थिएँ छमछमीमा। सपना चकनाचुर हुँदाखेरि यति नमिठो पोल्दोरहेछ कि रुँदिन भन्दा पनि आँशु झर्दो रहेछ' उनले क्याफेका भित्तातिर हेर्दै भनिन्, 'मनमा म हारे भन्ने मात्र बसेको थियो। केही छैन भन्ने लाग्थ्यो। राती सुत्दा पनि माथिको सिलिङ हेरेर आँखा खुल्ला गरेर टोलाउँदो रहेछु।' पार्वतीको जिन्दगीमा 'छमछमी एलिमिनेसन' ले पीडा मात्र दिएन भविष्यको बाटो पनि कोरिदियो। 'शंकर' भगवान् बनेर भेटिए कृष्ण सिनेमामा छमछमीको हारले 'केही महिना डिप्रेसन' मै बितेको थियो पार्वतीको। उनी भन्छिन्, 'मैले जिन्दगीमा हारेँ। अब केही गर्न सक्दिन भन्ने लागेको थियो। त्यस्तो वातावरणमा मैले दोहोरी क्षेत्रमा आउँला भन्ने सोचेकै थिइनँ।' पार्वतीका टीका लगाउने दाइ थिए श्रीहरि। गीत संगीतमा भिडियो बनाउने काममा लागेका उनले पार्वतीको यो अवस्था देखेर भनेछन् 'तिमी ठूलो कलाकार हुन्छौ तिमीलाई के गर्नुपर्छ म गर्छु।' उनले पार्वतीलाई कृष्ण फिल्मसको कार्यालयमा पुर्याए। जहाँ भेटिए चर्चित नृत्य निर्देशक शंकर बिसी। शंकरले पार्वतीलाई देखेपछि सोधिहाले 'ए तिमी त छमछमीमा थियौ हैन त?' शंकरले नाम पनि सम्झिएका रहेछन्। शंकरले ढाडस दिँदै भनेको पार्वतीलाई सम्झना छ 'म तिमीलाई एउटा भिडियोमा ब्रेक दिन्छु खेल्छ्यौ?' उनी भन्छिन् 'मलाई त ढुंगा खोज्दा देउता मिल्या जस्तो भयो।' तर झट्ट विश्वास गरिहाल्न सकिनन्। केही स्वार्थ पो छ कि जस्तो लाग्यो। किन भने उनले समाचारहरुमा यस्ता कुरा सुनेकी थिइन्। एकदिन शंकरको फोन आयो। शंकरले 'हेर्छौं ओठ टोकी' गीतमा नृत्य गर्न अफर गरे। 'एकछिन त पत्यार लागेन। ओभर एक्साइटेड थिइनँ। हुन्छ भनेर स्वीकृति जनाएँ' उनले भनिन्। अनि सुरु भयो लोकगीतहरुमा उनको छमछमी। शंकरले उनका खुट्टा समाती समाती 'स्टेप' सिकाए। 'उहाँले एक अभिभावकको हिसाबले यसरी गर्नुपर्छ। यसरी बोल्नुपर्छ भनेर सिकाउनुभयो' पार्वती भन्छिन् 'उहाँले म मा कला देख्नुभयो होला। त्यै भएर मलाई ब्रेक दिनुभयो होला।' शंकरले हिजोआज भन्छन् 'मैले पहिलोचोटी देख्दा नै लागिसकेको थियो तिमी एकचोटी लोकगीत इन्डस्ट्री तताउछौ भन्ने। तिमीमा नाच्ने खुबी देखेको थिए।' पढाइ स्थगित भएपनि धोको बाँकी आइए पढ्दा पढ्दै नृत्य क्षेत्रमा लागिन् पार्वती। परीक्षा चलिरहेका बेला समेत गीतको सुटिङमा जानुपर्थ्यो। उनलाई पढाइमा भन्दा पनि नाच्नमा रुची थियो। 'पढेर नि आखिर पैसा र नाम कमाउने त हो नि!' त्यतिबेला पढाइबारे यस्तै लाग्थ्यो पार्वतीलाई। स्नातकमा भर्ना भइन् तर कहिल्यै पनि क्याम्पस गइनन्। पढ्न मनै नलाग्ने र नाच्न भनेपछि औधी रुची लाग्ने त्यही कारणले उनको पढाई अगाडि बढेन। ६ वर्ष भन्दा बढी नृत्य क्षेत्रको अनुभवपछि उनलाई लागेको छ - पढ्नुपर्ने रहेछ। विदेश र नेपालकै बिभिन्न ठाउँको भ्रमणमा उनलाई धेरैले सोध्ने गरेको प्रश्न सम्झिन्छिन् उनी 'कति पढ्नुभएको छ?' औपचारिक शिक्षाका आधारमा पनि मान्छेले धारणा बनाउँछन् भन्ने लाग्छ उनलाई। त्यसैले पार्वतीको प्रतिज्ञा छ ' ब्याच्लर त पास गर्छुं।' पार्वती समाज बुझ्न साहित्य पढ्नुपर्छ भन्छिन्। उनी अहिले म्यानमारकी नोबेल पुरस्कार विजेता नेतृ आङ सान सुकीको जीवनी पढिरहेकी छन्। सुविन भट्टराईका 'समर लभ' र 'साया' पढेकी उनले सुकीको जीवनी पढिसकेपछि सुविनकै नयाँ उपन्यास 'मनसुन' पढ्ने योजना बनाएकी छन्। यसअघि बुद्धिसागरको उपन्यास 'फिरफिरे' पढिसकेकी छन् भने नयनराज पाण्डेको 'सल्लीपिर' पनि सिध्याइन्। 'क्रेज' देखी डर लाग्छ आमा, बुबाले उनलाई सँधै भने 'मन लागेको चिज गर। राम्रो गर।' उनीहरुले खेतीपाती र बंगुर पालन गरेर कमाएको पैसा छोरीको इच्छा पूरा गर्न खर्च गरे। नाच सिकाउने गुरु खोजिदिए। उनले नाच्ने कार्यक्रममा दर्शक अभिभावक बनेर उपस्थित भइदिए। अहिले पार्वतीलाई आफ्नो स्टारडम र क्रेज देखेर डर पनि लाग्छ। भन्छिन्,'कहिलेकाहीँ नर्मल लाइफ नै ठीक थियो कि जस्तो लाग्छ। त्यो जिन्दगी ठीक थियो जहाँ म आफैले चाहेअनुसार हिँड्न सक्थे। बिन्दास जिन्दगी हुन्थ्यो।' उनी अहिले 'पाइला पाइला सोचेर चाल्नुपर्ने, कुनै निर्णय गर्दा सयचोटी सोच्नुपर्ने, बोल्दाखेरी तौलेर बोल्नुपर्ने र त्यस्तै व्यवहार गर्नुपर्ने' को दैनिकी बाँचिरहेकी छन्। कलाकार भएपछि उनका साना कुरा पनि समाचार हुन्छन्। त्यसैले पनि उनलाई आमाबुबा, र दर्शकको अपेक्षालाई लिएर डर लाग्दो रहेछ। अब उनलाई यो नृत्यलाई अगाडि बढाउनु नै छ। त्यसको विकल्प छैन। उनी हरेकपल्ट विदेश जादा बुबाले अन्त्य नगर्ने यी शब्द सम्झने गरेको बताउछिन् 'छोरी तिमी अब राष्ट्रको कलाकार हौ। जहाँ जाँदा पनि राष्ट्रको प्रतिनिधित्व गर्छौ। अब बुझ्ने भइसक्यौ।' कलाकार भएकोले फिल्म पनि हेर्छिन् पार्वती तर फरक दृष्टिले। उनी फिल्ममा नयाँ फेसन खोज्छिन्। हिरोइनले नयाँ के लगाएकी छ भनेर हेर्छिन् र त्यही अनुसार आफ्नो पहिरन पनि परिवर्तन गर्छिन्। पछिल्लो चोटी 'छक्का पन्जा' हेरेकी नेपाली फिल्म आफ्नो प्राथमिकतामा पर्ने बताउदै भनिन्, 'नायिकाले कस्ता कपडा लगाएको छ। नयाँ फेसन कस्तो आएको छ भन्ने थाहा पाउन फिल्म हेर्छु।'