Latest Updates :

साउदीमा ७० भन्दा बढी नेपाली अलपत्र,उद्दारको प्रतिक्षामा ३ महीना बित्यो।तपाईहरुको एक शेयर ले हाम्रा नेपाली दाजु भएको उद्दार हुन सहयोग पुग्न सक्छ शेयर गैर्न नभुलौ

SHARE THIS POST :
साउदीमा ७० भन्दा बढी नेपाली अलपत्र,उद्दारको प्रतिक्षामा ३ महीना बित्यो।तपाईहरुको एक शेयर ले हाम्रा नेपाली दाजु भएको उद्दार हुन सहयोग पुग्न सक्छ शेयर गैर्न नभुलौ
विद्रोहीहरुको आक्रमणका कारण साउदी । साउदी अरेबियाको नजरान शहरमा हुति विद्रोहीहरुले आक्रमण गर्दा झण्डै ७० जना नेपाली फँसेका छन् । यमनको सिमानामा पर्ने साउदी शहर नजरानमा यमनको ठुलो भु–भागमा कब्जा जमाएका हुति विद्रोहिहरुले लगातार बमबारी गरिरहेका छन् । हुति विद्रोहिहरुको लगातार बमबारीकाबीच फसेका नेपालीहरुले शहरमा कुनै पनि बेला हुतिहरुको कब्जा हुन सक्ने भएकोले आफुहरुको उद्धारको लागि नेपाल सरकार समक्ष माग गरेका छन् ।

मुक्तिनाथ ओभरसीज लगायत विभिन्न म्यान पावर एजेन्सी मार्फत कामकालागि नजरान पुगेका नेपालीहरुले आफुलाई पठाउने एजेन्सीहरुले समेत आप्mनो उद्धारमा कुनै चाँसो नदेखाएको बताएका छन् । कयौ नेपाली कमदारहरु सडक सफाई लगायतको काममा लागेकाले भईरहेको बमबारीमा कुनैपनि बेला आफु पर्न सक्ने खतरा रहेको समेत बताएका छन् । साउदी अरेबियाको दक्षिणी शहर नजरानमा कार्यरत कामदारहरु मध्ये कतिपयले नेपालमा आएको माविनाशकारी भुकम्पका घर परिवार गुमाएका छन् । घर परिवार गुमाएकालाई समेत उनिहरु कार्यरत कम्पनीले फर्कन नदिएको गुनासो पनि उनिहरुले गरेका छन् । नजरानमा भएको हुति आक्रमणमा परि केहि पाकिस्तानी र बंगलादेशी नागरिकहरुले ज्यान गुमाईसकेकोले आफुहरुको सकेसम्म चाँडो उद्धार गर्न उनीहरुले अपील गरेका छन् । यता विभिन्न अन्तर्राष्ट्रि समाचार माध्यमहरुबाट प्राप्त समाचार अनुसार नजरानमा हुति विद्रोहिहरुले यमनका भु–भागहरुबाट गरेको आक्रमणमा कयौले ज्यान गुमाई सकेका छन् । आक्रमणको क्रम जारी रहेका पछि स्कुल कलेजहरु समेत बन्द गरिएका छन् । आक्रमण पछि सार्वजनिक यातायात र सञ्चार ब्यवस्थामा समेत असर परेको छ । हुति विद्रोहिहरुले नजरानबाट ५ साउदी सैनिकहरुलाई कब्जामा समेत लिएको अल अरेविया न्युज च्यानलले जनाएको छ ।

WATCH  MORE  VIDEOS 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger