Latest Updates :

चर्चित हास्य कलाकार माग्ने बुढाले उपचार हैसियत हुदा हुदै जनताको पसिनाले उपचार भन्दै सरकारको सहयोग रकम फिर्ता गरे ,सुजाता कोइरालाले पनि कि ,के सुजाता कोइरालाको उपचार गर्ने हैसियत छैन ? उपचारकालागि सुजाता सिंगापुर प्रस्थान,सरकारले ५० लाख सहयोग गर्ने

SHARE THIS POST :
फेसबुक बाट साभार Named Unlucky Prashant
सुजाता कोईराला दिदी, जय नेपाल ।
~ हजुर विरामी हुनुभएकोमा दुखी छु । सिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछु ।
अब हजुरकी बहिनी मनिषा कोईरालालाई हेर्नुस र गरीब जनता ले रगत पसीना निचोरेर तिरेको करबाट उपचार गर्ने लोभ त्याग्नुस ! मनिषा पनि क्यान्सर पिडीत हुन उनले आफ्नै खर्चमा उपचार गराएको र क्यान्सर मुक्त भएको धेरै भएको छैन । हजुरको त लोग्ने जर्मन धनाड्य,छोरी ज्वाई रुवेल चौधरी वंगलादेशी धनाड्य (हल्ला अनुसार) , बुवा गीरीजाप्रसाद कोईराला सबैभन्दा लामो समय सरकारमा रहेर सबैभन्दा बढी अपारदर्शी आर्थीक कृयाकलाप गर्ने प्रधानमन्त्री, विराटनगरमा कोईराला परिवारको अझै अथाह सम्पत्ती, शेखर र ससांक कोईराला ठुलो बुबाका छोराहरु दुबै डाक्टर,भाउजु समेत डाक्टर, आफै पटक पटक मन्त्री भैसकेको ब्यक्तीत्व, सत्तामा छदा पेरीसमा तपाईले किनेको पाच हजार डलरको हाते झोलाको चर्चा अझै सेलाएको छैन । यो संसारका सबै सुख सुविधा उपभोग गर्न तपाई लाई आफ्नै सम्पत्तीले पुग्ने तर विमारी हुदा उपचार गर्न नपुग्ने कस्तो गरीवी हो हजुरको ?
#स्वास्थमन्त्री_थापा_नमानेपछि_गृहद्वारा_५०_लाख_दिने प्रस्ताव


कार्तिक २८,  काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसकी नेतृ एवम् पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला थप उपचारका लागि आज अपरान्ह सिंगापुर प्रस्थान गरेकी छिन् ।

कोइराला आईतबार दिउसो १ बजे छोरी ज्वाईं रुबेल चौधरीसहित सिंगापुर प्रस्थान गरेकी छिन । स्तन क्यान्सरबाट पीडित कोइरालाको यहि हप्तादेखि केमोथेरापी सहितको उपचार सुरु हुने छ ।

(आइक्याप)को सम्मेलनमा भाग लिन मलेसिया पुग्दा चक्कर लागेपछि अस्वस्थ भई जाँच गर्दा उनलाई स्तन क्यान्सर भएको प्रारम्भिक रिपोर्ट आएको थियो । मलेसियाबाट नेपाल फर्केपछि उनी घरमै आराम गरिरहेकी थिइन् ।

नेपाल आएलगत्तै उनले स्वास्थ्य परीक्षणका लागि नमुना सिंगापुर पठाएकी थिइन् । रिपोर्टमा उनलाई थप उपचार आवश्यक भएको भनिएपछि कोइराला उपचारका लागि सिंगापुर गएकी हुन् । उनको सिंगापुरमा कुन अस्पतालमा उपचार हुनेभन्ने खुलाइएको छैन ।

यता सरकारले पनि उनको उपचारको लागि आजै ५० लाख रुपैयाँ उपलब्ध गराउनेबारे निर्णय गर्न लागेको छ ।

WATCH MORE VIDEOS 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger