Latest Updates :

प्रेम गरेको भन्दै वृद्धलाई कुटेर गाउँ निकाला

SHARE THIS POST :


गुल्मीको अर्बेनी गाविस ५ का ८१ वर्षीय वृद्ध लालबहादुर सुनारले सोही गाउँकी ४२ वर्षीया सावित्री न्यौपानेसँग प्रेम सम्बन्ध राखेको भन्दै स्थानीयले उनीहरुलाई कुटपिट गरी गाउँ निकाला गरेका छन्।

पुस १ गते राति लालबहादुरसँगै सावित्रालाई भेटेपछि स्थानीयले उनीहरुलाई बाँधेर कुटपिट गरी घर भत्काएर गाउँनिकाला गरेका हुन्।

अर्बेनी गाविस कार्यालयका सहायक ४५ वर्षीय झबिलाल न्यौपाने र सावित्राका भतिजा ४३ वर्षीय चिन्तामणि न्यौपानेले उनीहरु दुबैजनालाई गाउँ निकाला गरेको वृद्धका छोरा ३७ वर्षीय अनुज सुनारले बताए।

गाउँ निकालाको कागजमा दुवैजनालाई जबरजस्ती ल्याप्चे लगाई गाउँ निकाला गरियो,’ उनले भने।

कुटाई खाएको पाँचौं दिनसम्म पनि वृद्ध हिँड्न सकेका थिएनन्। उनको खुट्टामा लाठी हानेको नील डाम छन्। उनीहरू दुबैलाई बाँधेर कुटपिट गरी गाउँ डुलाएर गाविसमा लगि गाउँ निकालको कागत बनाएको घटनामा संलग्न चिन्तामणिले स्वीकारे। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger