Latest Updates :

एमाले बैठकमा ओली–गौतम चर्काचर्की,भएपछि ओलीको बोलीको झटारोले यसरी रातो पिरो भए बामदेब गौतम

SHARE THIS POST :
काठमाडौं, १३ असोज । माओवादी केन्द्रसँग साढ् चार महिनाअघि सम्पन्न ‘भद्र सहमति’लाई लिएर एमाले केद्रीय कमिटी बैठकको समापनमा अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच चर्काचर्की भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रसँग भद्र सहमति भएको अभिव्यक्ति दिएपछि अध्यक्ष ओलीले खण्डन गरेका थिए । अध्यक्ष ओली बोलिरहँदा उपाध्यक्ष गौतमले बीचमै चर्को स्वरमा प्रतिवाद गरे ।

ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘जेएन खनालले भद्र सहमति भएकै हो भन्नुभो तर तपाईंहरु सबै स्पष्ट हुनुभए हुन्छ, सहमति भएकै थिएन, कहाँ भयो रु कसरी भयो रु कसले ग¥यो रु नामै किटेर ओलीले एकपछि अर्को खण्डन गर्न थालेपछि गौतमले बोल्दा बोल्दै ठूलो स्वरमा प्रतिवाद गर्नुभयो ।’

तत्कालिन ओली नेतृत्वको सरकारले बजेटपछि राजीनामा दिने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाएर वाम सहकार्यलाई निरन्तरता दिने गरि भएको भनिएको ‘भद्र सहमति’ लाई उमाले नेताहरुले अनुकूल व्याख्या गर्दै आएका छन् । समापन बैठकमा पनि त्यसलाई लिएर नेताहरुको धारणामा एकरुपता नदेखिएकै काराण् चर्काचर्की भएको स्रोतको दाबी छ ।


WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger