Latest Updates :

सामसुङ मोबाइल बोक्ने उपभोक्तालाई यसरी आइपुग्यो ठूलो खतरा, नेपालमा पनि प्रतिबन्ध

SHARE THIS POST :
काठमाडौं, १३ असोज । अन्तर्राष्ट्रिय हवाई उडानमा लगाइएको प्रतिबन्धसँगै अहिले नेपाल वायु सेवाले पनि आन्तरिक हवाई यात्रामा सामसुङ ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएका छन् । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बुधबार सूचना जारी गरी आफ्ना हवाई यात्रुलाई सामसुङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लगाएको जानकारी गराएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
यतीले सार्वजनिक सूचना जारी गर्दै अबदेखि आन्तरिक उडानमा सञ्चालित आफ्ना सबै विमानमा यात्रा गर्ने यात्रुहरूका लागि सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल फोन साथमा बोक्न एवं चलाउन प्रतिबन्ध लगाएको हो ।
अमेरिका र युरोपलगायत अन्तर्राष्ट्रिय उडानमा केही महिनाअघि देखि विमानमा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल बोक्न लगाइएको प्रतिबन्धपछि अहिले यहाँको स्वदेशी निजी वायुसेवा कम्पनी यतीले पनि सामसुङको सो मोबाइल फोनबाट विमानमा आगलागी हुन सक्ने त्रास बढेको भन्दै हवाई सुरक्षाका लागि यस्तो निर्णय गरेको जनाएको छ ।

यतीले अहिले आफ्ना विमानमा चढेदेखि विमान स्थलभित्रको धावन मार्गबाहिर नआएसम्म अनिवार्य रूपमा मोबाइल स्विच अफ गरी हाते झोलामा बोक्न अनुरोध गरेको छ ।
यात्रुले आफ्नो लगेजमा समेत यो मोबाइल बोक्न नपाउने सो कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसैगरी, अब यात्रुले आफ्नो साथमा भएको यस्तो मोबाइल फ्लाइट मोडमा समेत राखेर लैजान नपाउने जानकारी गराएको छ ।vयतीले हवाई यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट निर्णय भई जारी गरिएको बताएको छ ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उनीहरूका विमानमा सामसुङको सो मोबाइल पड्किने समस्याका कारण उडानका बेला विमानभित्र बोक्न प्रतिबन्ध लगाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि केही समयअघि सो विषयमा व्यापक छलफल गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले अन्तर्राष्ट्रिय वायुसेवाले पनि प्रतिबन्ध गरेको अवस्थामा अहिले यहाँका आन्तरिक वायुसेवा कम्पनीले प्रतिबन्ध लगाउनु हवाई उडान सुरक्षा सचेतनाको दृष्टिले राम्रो नै भएको बताए ।vउनले अहिलेको अवस्थामा यो कुनै नयाँ र अनौठो कुरा नभएको धारणा राखे ।
वायुसेवा प्रदायक हरेक विमान कम्पनीहरूले हवाई उडानमा रहेका यात्रुका साथसाथै आफ्नो विमानको पनि उत्तिकै सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने प्रावधान रहेको जानकारी गराउँदै केसीले भने, ‘अब छिटै यहाँका अन्य वायुसेवा कम्पनीले पनि यस्तै प्रतिबन्ध लगाउँदै जानेछन् ।’
यसले नेपाली हवाई आकाशलाई थप सुरक्षित र मजबुत बनाउने उनको भनाइ छ । पछिल्लो समय सामसुङ ग्यालेक्सी नोट–७ को ब्याट्रीमा समस्या देखिएको छ । सोही कारण विभिन्न देशमा ब्याट्री पड्किएको घटना सार्वजनिक भएका छन् । अहिले सामसुङ मोबाइल उत्पादक कम्पनीले पनि आफ्नो कमजोरी स्वीकार गर्दै बजारमा गइसकेको ग्यालेक्सी नोट–७ फिर्ता लिने घोषणा गरिसकेको छ ।

WATCH MORE VIDEOS


SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger