Latest Updates :

दाईलाई ढाँटेर केटाको घर पुगेकी अनुको रहस्मय मृत्यु

SHARE THIS POST :
काठमाडौं १३ असोज । हुर्किएकी छोरीले साँझ परेपछि साथीकहाँ जान्छु भनिन् ! आफ्नै दाइले स्कुटरमा हालेर धापाखेलबाट लखनखेलस्थित साथीको घर नजिकै छाडेको । तर, बिहान फोन आउँछ, मीनभवनस्थित सिभिल अस्पतालबाट । फोन गर्नेले भन्छन्, ‘उनको डेथ भइसक्यो, जिम्मा लिन आउनुहोला …। १७ वर्षकी कलिली छोरी । पढ्छु, केही गर्छु भनेर बुबा र दाजुसँगै काठमाडौं बसेकी । तर, एउटाकहाँ भनेर अर्कै साथीकहाँ जाँदा छोरी कहिल्यै फर्किइनन् ।
http://www.ujyalokhabar.com/2016/09/prem-baniya.htmlhttp://www.ujyalokhabar.com/2016/09/prem-baniya.html

उनी कसरी मरिन् ? मारिइन् कि आत्महत्या गरिन् पत्तो छैन् । तर, अर्काकहाँ ज्यालादारी गरेर, ठूलो कष्ट र प्रेमका साथ हुर्काइएकी सिराहका राजेश शाहकी छोरी अनुराधा सोमबार चुपचाप आर्यघाटमा खरानी बनिन् । ललितपुरको मानभवनस्थित क्यास्पियन कलेजमा ब्याचलर पढ्दै गरेकी आयुष्मा श्रेष्ठ जो दाई अनन्तकी साथी थिईन् । त्यही कारण पनि उनी आयुष्मासँग नजिक थिइन् ।

शनिबार साँझ परेपछि अनुले आयुष्माकहाँ जाने इच्छा गरिन् । अनन्तले ‘जाने भए जाऊ, तर एक्लै नजाऊ’ भने । त्यसपछि साथीको स्कुटी मागेर अनन्त आफैंले बहिनीलाई लगनखेल चोकमा छाडिदिए । आयुष्माको घर लखनखेल चोकबाट अलिकति भित्र छ । बहिनीलाई चोकमा छाडेर हिँडेका अन्नत ढुक्क थिए, बहिनी त्यहीँ गएको हो । फेरी अनुराधाको मोबाइलको डिस्प्ले बिग्रिएको थियो । आएको फोन उठाउन मिल्ने, तर चाहेको फोन गर्न नमिल्ने । भोलिपल्ट बिहानै फर्किन्छु भनेकी अनु फर्किइनन् ।


WATCH MORE VIDEOS

सोध्दाखोज्दा फोन पनि लागेन् । अनन्तले आयुष्मालाई फोन गरे । तर, उनले बहिनी आफूकहाँ नआएको बताइन् । यसपछि बल्ल कहाँ के भन्ने खोजी भयो । खोजी हुँदाहुँदै अपरिचित नम्बरबाट फोन आयो, सिभिल अस्पताल बोलाउँदै । लगत्तै बुबा राजेशलाई प्रहरीले फोनमा भने, ‘तपाईंकी छोरी सिरियस छ । अहिले सिभिल अस्पतालमा । छिट्टो आउनुस् ।’ परिवारका सदस्यहरु पुग्दा उनले धर्ती छाडेकी थिइन् ।

उनलाई शान्तिनगर गेटमा बस्ने १९–२१० वर्षका आशिष हमालले मृत अवस्थामा पुर्याएका रहेछन् । अर्थात, आयुष्माकहाँ जान्छु भनेर हिँडकी अनुराधा पुगेकी रहिछन्, आशिषकहाँ । तीनकुने प्रहरीले आशिषलाई तत्कालै नियन्त्रणमा लियो । आशिषका अनुसार अनुलाई उनको कोठामा स्कुटर चढेका आएका एकजना साथीले छाडिदिएका हुन् ।

अनुसँग साथीहरुमार्फत सामान्य चिनजान भएको उनले प्रहरीलाई बताएका छन् । रातको समयमा उनले आशिषको कोठामा बान्ता गरिन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger