Latest Updates :

रातको समय बुहारीको घरमा भेटेपछि गोली हानेर हत्या

SHARE THIS POST :
९  असोज, धनकुटा । धनकुटाको डाँडागाउँमा गोलीप्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।
Gunडाँडागाउँ– १ बाटाखर्कका खड्गबहादुर गुरुङले गोलीप्रहार गरी धनकुटा नगरपालिका–१४ बेलहाराका ३२ वर्षीय प्रेम भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

राति १२ बजे बुहारीको घरमा भण्डारीलाई भेटेपछि गुरुङले आवेगमा भरुवा बन्दुक प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले जानकारी दिए ।


गोली प्रहारबाट भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक भण्डारी ट्याक्टर चालक हुन् । घटनापछि फरार गुरुङलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger