काठमाडौं १० असोज । पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे परिवारसहित चढेको बा९च १५३१ नम्बरको गाडी आइतबार अपरान्ह पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक ३ बाट त्रिुशलीमा खस्दा ३ जनाको मृत्यु भएको छ । घिमिरेसमेत ३ जना बेपत्ता छन् ।
सात जना सवार गाडी अपरान्ह साढे ४ बजे मुग्लिन र मनकामनाबीच घोप्टे भिरबाट करिब डेढ सय मिटर तल त्रिशुलीमा खसेको कुरिनटारस्थित विपत व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । तालिम केन्द्रका सशस्त्र प्रहरी उपरिक्षक गणेशबहादुर थापाका अनुसार साँझ अबेर गम्भीर अवस्थामा उद्धार गरिएका ३ जनाको उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको छ ।
घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते चालक विष्णु राईलाई भने भरतपुर ल्याइएको छ । उनको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । साँझ अबेरसम्म पुर्वगृहमन्त्री घिमिरे, उनका भाई मोहन र प्रकाश घिमिरे बेपत्ता छन् ।
बायाबाट क्रमश: मोहन घिमिरे ( माधका भाइ),मृतक नारायण काफ्ले (माधवका भान्जा) बीचमा बेपत्ता माधव घिमिरे र भाइ प्रकाश घिमिरे । यो तस्बीर शनिबार मुक्तिनाथ दर्शनपछि फेसबुकमा पोष्ट गरिएको हो । तस्बिर स्रोत : मोहन घिमिरेको फेसबुकबाट
सशस्त्रका एसपी थापाले घटनाको खबर प्राप्त हुने वित्तिकै आफ्नो नेतृत्वमा ३५ जना उद्धार र खोजीमा सक्रिय रहेको जानकारी दिए । उद्धारमा इलाका प्रहरी मुग्लिनको टोली पनि तत्काल पुगेको थियो । खबरलगत्तै जिल्लाका प्रहरी प्रमुख एसपी बसन्त कुँवर घटनास्थल पुगेका थिए ।
‘पानीको करेण्ट ज्यादा छ,’ सशस्त्रका एसपी थापाले भने, ‘रात परेपछि अप्ठेरो भएको छ ।’ उनले राति पनि जेनेरेटेरबाट बत्ती बालेर खोजी जारी राखेको कान्तिपुरसित बताए । नदीमा बेपत्तालाई बगाएको आशंकामा खोजीका लागि एउटा टोली मुग्लिन क्षेत्र खटाइएको छ । ‘खोजी कार्य रातभरी चल्छ होला,’ थापाले भने ।
खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीको टोली गोताखोरसहित घटनास्थलमा पुगेको छ ।
जनपदका एसपी कुवरले गाडी घिमिरेले चलाएको कुरा आए पनि कसले चलाएको भन्ने पुष्टि भई नसकेको बताए । ‘स्कोरपियो हो की कार हो भन्ने पनि पत्ता लाग्न सकेको छैन,’ उनले भने । एपसी कुवरका अनुसार रातिसम्म पनि नदीमा खसेको गाडी फेला परेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । सडकको किनारामा रहेको रेलिङ ट्रकले भाचेको स्थानबाट घिमिरेको गाडी खसेको हो । त्यही स्थानबाट एक साता अघि खसेको ट्रक पनि पत्ता लागेको छैन । अर्को गाडी ओभरटेक गर्दा खसेको प्रहरीले अनुमान गरेको छ ।सात जना सवार गाडी अपरान्ह साढे ४ बजे मुग्लिन र मनकामनाबीच घोप्टे भिरबाट करिब डेढ सय मिटर तल त्रिशुलीमा खसेको कुरिनटारस्थित विपत व्यवस्थापन तालिम केन्द्रले जनाएको छ । तालिम केन्द्रका सशस्त्र प्रहरी उपरिक्षक गणेशबहादुर थापाका अनुसार साँझ अबेर गम्भीर अवस्थामा उद्धार गरिएका ३ जनाको उपचारका लागि लादै गर्दा बाटैमा मृत्यु भएको छ ।
घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते चालक विष्णु राईलाई भने भरतपुर ल्याइएको छ । उनको कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । साँझ अबेरसम्म पुर्वगृहमन्त्री घिमिरे, उनका भाई मोहन र प्रकाश घिमिरे बेपत्ता छन् ।
बायाबाट क्रमश: मोहन घिमिरे ( माधका भाइ),मृतक नारायण काफ्ले (माधवका भान्जा) बीचमा बेपत्ता माधव घिमिरे र भाइ प्रकाश घिमिरे । यो तस्बीर शनिबार मुक्तिनाथ दर्शनपछि फेसबुकमा पोष्ट गरिएको हो । तस्बिर स्रोत : मोहन घिमिरेको फेसबुकबाट
सशस्त्रका एसपी थापाले घटनाको खबर प्राप्त हुने वित्तिकै आफ्नो नेतृत्वमा ३५ जना उद्धार र खोजीमा सक्रिय रहेको जानकारी दिए । उद्धारमा इलाका प्रहरी मुग्लिनको टोली पनि तत्काल पुगेको थियो । खबरलगत्तै जिल्लाका प्रहरी प्रमुख एसपी बसन्त कुँवर घटनास्थल पुगेका थिए ।
‘पानीको करेण्ट ज्यादा छ,’ सशस्त्रका एसपी थापाले भने, ‘रात परेपछि अप्ठेरो भएको छ ।’ उनले राति पनि जेनेरेटेरबाट बत्ती बालेर खोजी जारी राखेको कान्तिपुरसित बताए । नदीमा बेपत्तालाई बगाएको आशंकामा खोजीका लागि एउटा टोली मुग्लिन क्षेत्र खटाइएको छ । ‘खोजी कार्य रातभरी चल्छ होला,’ थापाले भने ।
खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीको टोली गोताखोरसहित घटनास्थलमा पुगेको छ ।
जनपदका एसपी कुवरले गाडी घिमिरेले चलाएको कुरा आए पनि कसले चलाएको भन्ने पुष्टि भई नसकेको बताए । ‘स्कोरपियो हो की कार हो भन्ने पनि पत्ता लाग्न सकेको छैन,’ उनले भने । एपसी कुवरका अनुसार रातिसम्म पनि नदीमा खसेको गाडी फेला परेको छैन । दुर्घटनाको कारण पनि खुल्न सकेको छैन ।
WATCH MORE VIDEOS
घिमिरे परिवार मुस्ताङस्थित मुक्तिनाथ धाममा श्राद्ध गरेर फर्कंदै थियो । २०६६ साउन २२ देखि ०६९ साउन २१ सम्म मुख्य सचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषदमा गृह तथा परराष्ट्र मन्त्री थिए । इकान्तिपुरमा समाचार छ |
