Latest Updates :

जान्नुहोस्, तपाईँको लागि कुन दिन जन्मिएका प्रेमि/प्रेमिका भाग्य बनेर चम्किन्छिन ?

SHARE THIS POST :

अङ्कज्योतिष शास्त्रका अनुसार व्यक्तिको जन्म तारिखको आधारमा उसको भविष्य, प्रेमप्रसङ्ग र जीवनसँग जोडिएका अन्य कुराहरू थाहा पाउन सकिन्छ।

सोही अनुरूप, तपाईँको जन्म तारिखको अनुसार तपाईँको लागि कुन तारिखमा जन्मिएका प्रेमजोडी भाग्यशाली हुन्छ जान्नुहोस्ः

आफ्नो अङ्क कसरी थाहा पाउने?
ज्योतिषशास्त्रमा भाग्यशाली प्रेमजोडीको विषयमा १ देखि ९ अङ्क निर्धारण गरिएको छ। यहि अङ्कबाट तपाईँका खास कुराहरू थाहा पाउन सकिन्छ।

यदि तपाईँको जन्म १ देखि ९ तारिखको बीचमा भएको हो भने तपाईँको अङ्क पनि जन्म तारिख नै हुन्छ। जस्तैः तपाईँको जन्म ८ तारिखमा भएको हो भने तपाईँको अङ्क पनि ८ नै हुन्छ।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।
तर, यदि तपाईँको जन्म १० देखि ३१ तारिखको बीचमा भएको हो भने अब तपाईँको अङ्क भनेको ती २ अङ्क जोड्दा जति हुन्छ त्यहि नै हुन्छ। जस्तैः तपाईँको जन्म २३ तारिखमा भएको हो भने, तपाईँको अङ्क २‌‌+३‍=५ हुन्छ। र यदि तपाईँको जन्म २९ तारिखमा भएको हो भने, तपाईँको अङ्क २+९=११ अनि फेरि १+१=२ हुन्छ।

अब आफ्नो अङ्क थाहा पाएपछि तपाईँको लागि कुन-कुन तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ थाहा पाउन पढ्दै जानुहोस्

१. अङ्क १:
तपाईँको जन्म १, १०, १९ वा २८ तारिखमा भएको हो भने तपाईँको अङ्क १ हुन्छ। र तपाईँको लागि २, १०, ७, १६, २५, ११, २०, २८ वा २९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

२. अङ्क २:
तपाईँको जन्म २, ११, २० वा २९ तारिखमा भएको हो भने तपाईँको अङ्क २ हुन्छ र तपाईँले २, ११, ७, १६, १, १०, ४ वा १३ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्दा उचित हुन्छ।

३. अङ्क ३:
यदि तपाईँको जन्म ३, १२, २१ वा ३० तारिखमा भएको हो भने तपाईँको अङ्क ३ हुन्छ र तपाईँको लागि ३, १२, १५, १८, ९, २७, २४, ६ वा ९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

४. अङ्क ४:
४, १३, २२ वा ३१ तारिखमा जन्मिने व्यक्तिहरूको अङ्क ४ हुन्छ र उनीहरूको लागि भाग्यशाली जोडी भनेको १, २, ७, ८, ११, १६, १७, २६ वा २५ तारिखमा जन्मिएका व्यक्ति हुन्छन्।

५. अङ्क ५:
यदि तपाईँको जन्म ५, १४ वा २३ तारिखमा भएको हो भने तपाईँको अङ्क ५ हुन्छ र तपाईँले ५, १४, १५, १६, ११, २३, ६ वा २ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेम सन्बन्ध गाँस्दा सबैभन्दा शुभ हुन्छ।

६. अङ्क ६:
तपाईँको जन्म ६, १५ वा २४ तारिखमा भएको हो भने तपाईँको अङ्क ६ हुन्छ र तपाईँको लागि ६, १५, १२, ३, १८, ९ वा २७ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

७. अङ्क ७:
७, १६ वा २५ तारिखमा जन्मिएका व्यक्तिहरूको अङ्क ७ हुन्छ र ती व्यक्तिहरूका लागि १, २, ४, ७, १०, ११, १६ वा १३ तारिखमा जन्मिएका व्यक्ति शुभ हुन्छ।

८. अङ्क ८:
तपाईँको जन्म ८, १७ वा २६ तारिखमा भएको हो भने तपाईँको अङ्क ८ हुन्छ र २, ४, ८, ११, १३, १६, २६ वा १७ तारिखमा जन्मिएका व्यक्ति तपाईँको लागि शुभ हुन्छ।

९. अङ्क ९:
तपाईँको जन्म ९, १८ वा २७ तारिखमा भएको हो भने तपाईँको अङ्क ९ हुन्छ र तपाईँको लागि ३, ६, ९, १५, १२, २७ वा १८ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger