Latest Updates :

के यौन सम्पर्क गर्नाले किशोरावस्थामा आउने डण्डिफोर कम हुन्छ ?

SHARE THIS POST :
✍ यौन सम्पर्क गर्नाले डण्डिफोर कम हुन्छ भन्ने धारणा गलत
हो । यो कसैलाई भ्रममा पारी यौनसम्पर्क गर्ने दाउ
मात्रै हुन सक्दछ । डण्डिफोर कम गर्न त छालालाई
सफा राखी खानपानमा विशेष ध्यान पुर्र्याउनु पर्दछ ।

जस्तै चिल्लो पदार्थ कम खाने, पानी धेरै पिउने आदि । मलमुत्र बाहेक छालाबाट पनि हामीले खाएकाहरु
पसिना मार्फत निस्कने प्रणाली शरीरमा बनेको हुन्छ ।
त्यसमा छालालाई सुख्खा नहोस भनेर पसिनासँग
चिल्लो पदार्थ निस्किएको हो ।


नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

किशोरावस्थामा सबैको पसिनाबाट चिल्लो पदार्थ
निस्कने गर्दछ भने कसैको अलि बढी आउँछ ।
त्यसरी चिल्लो पदार्थ आउँदा छालाबाट
निस्कँदा बाहिरी वातावरणको कारण अवरोध भई
जम्मा हुन थाल्दछ र
त्यसमा व्याक्टेरिया वा ढुसीहरुबाट संक्रण भई
डण्डिफोर पाक्छ ।
दिनमा ३ देखि चार पटक र बेलु र विहान पनि १/१ पटक
राम्रोसँग मिचेर साबुन पानीले मुख
धुँदा त्यस्ता चिल्ला पदार्थ सजिलै निस्कन मद्दत
मिल्दछ । त्यसो गर्दा डण्डीफोर धेरै नै कम
मात्रामा निस्कन्छ । केक साबुन लोसन साबुन जे प्रयोग
गरे पनि चिल्लो पदार्थ नभएको (ड्राई) किन्नु पर्दछ ।
त्यस्तै असाध्यै धेरै नै डण्डीफोर आयो भने
कागतीको झोल मिसाएको हल्का तातो पानीले
सावुन लगाउँनु भन्दा अगाडी मुख धुनु पर्दछ । तर प्रत्येक
पटक त्यसो गर्नुहुँदैन । त्यसले
छालामा आर्को किसिमको समस्या ल्याउँन
पनि सक्दछ । त्यस्तै डण्डीफोर कम गर्ने भनेर
बजारमा अनेको किसिमका औषधि पाइन्छ ।
जथाभाबी ती औषधिको प्रयोग गर्नु हुँदैन ।
छाला जाँचेर मात्र त्यस्ता औषधिको प्रयोग गर्नु पर्ने
हुन्छ अन्यथा नकारात्मक असर
गरी अनुहारको छाला सधैंको लागि विग्रन सक्दछ ।
त्यस्तो घटना धेरैले भोगेका छन । त्यसैले डण्डीफोर
यौनसम्र्क गरेर कम हुने होइन ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger