Latest Updates :

अस्पतालले मृत घोषित गरेकाे विरामी घाटमा लगेर जलाउन खोज्दा जिवित निस्किएपछि मच्चियाे सनसनी

SHARE THIS POST :
एजेन्सी । भारतको सिमलास्थित आइजिएम अस्पतालमा सनसनी फैलिएको छ । जुन विरामीलाई डाक्टरले मृत घोषणा गरेका थिए, उनी केही समयपछि जिवित भएपछि सनसनी फैलिएको हो ।

प्राप्त जानकारीअनुसार लक्कड़ बजारमा बस्ने मुनिश्वर मेहता उपचारका लागि तीन दिनअघि अस्पतालमा भर्ना भएका थिए । उनको मृगौलामा समस्या देखिएको थियो । अस्पतालमा डायलिसिस चलिरहेको थियो ।

सोमबार विहान करिब १० बजेतिर उनको शरीरले काम गर्न छोडेको पाइयो । डाक्टरले चेक गरेपछि मृत घोषणा गरिदियो । परिवारले पनि आफ्ना आफन्तलाई उनको मृत्यु भएको खबर गरे । यद्यपी सार्वजनिक रुपमा प्रचार भने भएको थिए ।

फेरि केही समयछि उनको स्वासप्रस्वास चल्न थाल्यो । यो देखेर डाक्टर पनि अचम्मित भएका थिए । त्यसपछि उनलाई तुरुन्त आइसियूमा राखियो । विस्तार ठिक हुन थ्लो । उनका आफन्तले अस्पतालको कार्यशैली माथि प्रश्न उठाउँदै रोष प्रकट गरे ।

आईजीएमसीका प्रिसिपल डा. अशोक शर्माले डायलिसिसका क्रममा विरामीको मुटुको धडकन केही छिन रोकिएपछि यस्तो भएको बताए ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger