Latest Updates :

‘यमबुद्ध' को ह्त्या की ,आत्महत्या ?के भन्छ त पोस्टमार्टम रिपोर्ट ?

SHARE THIS POST :
काठमाडौं । लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ ।  मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् ।

रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए ।

रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ । बंगारा भाँचिनुलाई सामान्य मानिएको छ । शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् । हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।

केही वर्ष यता श्रीमतीसंगै रहेका अधिकारी लन्डनमा भ्यालेन्टाइन कार्यक्रम गर्ने तयारीमा थिए । उनको नयां एल्बम ‘खतरा’ छिट्टै बजारमा आउंदै थियो । यमको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

उनको निधनले नेपालको र्‍याप संगीतमा अपुरणीय क्षति पुगेको संगीतकर्मीहरुले बताएका छन् । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय यमबुद्धले मित्रता र अन्तरंग सम्बन्धहरुमात्र नभई लगायत लागुपदार्थ दुर्व्यसन, चेलीबेटी बेचबिखन र सडक बालबालिका जस्ता विभिन्न विषयमा गीत गाउने गर्दथे ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger