Latest Updates :

यौन सम्पर्क गर्न नमानेको भन्दै एक महिलाको हत्या-हेर्नुहोस समाज कता जादैछ जनचेतनाको लागी सबैले सेर गरौ।

SHARE THIS POST :
 भैरहवा । यौन सम्पर्क गर्न नमानेको भन्दै रुपन्देहीका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सिपवा ६ का २५ वर्षीय शैलेश मल्लाहले ८ महिनाकी गर्भवती श्रीमती सुनितालाई कुटपिट गरी हत्या गरेका हुन् ।

सुनिताको हत्या अभियोगमा पक्राउ परेकाहरु । सुनिताका श्रीमान् शैलेश (बीचमा, कालो ज्याकेट लगाएका )
गत शनिवार मादक पदार्थ सेवन गरी घर आएका शैलेशले श्रीमतीसँग यौन सम्पर्क गर्न खोजेका थिए । तर, सुनिताले पेटको बच्चालाई असर गर्ने भन्दै श्रीमान्को आग्रहलाई मानिनन् । त्यहि रिसमा शैलेशले श्रीमतीको पेटमा लाठी बर्साउन सुरु गरे । नयाँ सन्तानलाई संसार देखाउने अन्तिम तयारीमा रहेकी सुनिताको अन्ततः प्राण पखेरु उड्यो ।

लगत्तै श्रीमान् शैलेशले केही छिमेकीको मिलोमतोमा लुकिछिपी श्रीमती सुनिताको दाहसंस्कार गरे । हत्या भएको जानकारी पाएलगत्तै घाटमा पुगेको प्रहरीको टोलीले सुनिताका श्रीमान शैलेशसहित मलामी गएका ५ जनालाई पक्राउ गरी अनुसन्धान सुरु थालेको थियो ।
सुनिताको दाहसंस्कार गरिएको स्थान
‘प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमानले यौनसम्पर्क गर्न खोज्दा श्रीमतीले नमानेपछि हत्या गरेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले भने ।
सुनिताको हत्या गरी लुकिछिपी दाहसंस्कार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले सुनिताका ६० वर्षीय ससुरा रतन मल्लाह, छिमेकी २६ वर्षीय शिवदास कलवार, २७ वर्षीय शिवड मल्लाह र २५ वर्षीय सुरज मल्लाहलाई हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger