Latest Updates :

आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउन खोज्दा…

SHARE THIS POST :
आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ ।

भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो । कार चोरीको आरोपमा पक्राउ परेका इब्राहिमलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए । जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए । सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ । सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger