Latest Updates :

जनकपुरको एक निजि क्लिनिकमा विरामीसँग अश्लिल हर्कत

SHARE THIS POST :
जनकपुरको एक निजि क्लिनिकमा विरामीसँग अश्लिल हर्कत
धिरेश दत्त
जनकपु कात्तिक ५  गते शुक्रबार ।
(घटना कात्तिक ४ गते बिहिबार को हो )
जनकपुरको अस्पताल रोड स्थित एक निजि क्लिनिकमा महिला विरामीसँग अश्लिल हर्कत गरिएकोछ ।
महोतरी जिल्लाको बलवा सरपल्लो वडा नं.४ निवासी धर्मेन्द्र ठाकुरको श्रीमति सविता देवी ठाकुर अन्दाजी बर्ष १८ को बिरामीलाई अधिक रक्तश्राव भएकाले बुधबारका दिन बेलुकी साढे ५ बजेको आसपास अस्पताल रोड स्थित चौधरी मेडिकल सेन्टरमा डा सुरेन्द्र कुमार कर्णसँग उपचार गराएका थिए ।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

जनकपुरक अञ्चल अस्पतालमा कमिशनको खेल ,दिउसै ठगि धन्दा ,बिरामी त्रसित(भिडिओ )

उपचारकै क्रममा विरामीलाई भर्ना गरेर राख्नुपर्ने भएकोले त्यही मेडिकलमा भर्ना गराएकाथिए । तर राति करिब १२ बजेत्यस मेडिकलमा कार्यरत स्टाफ ,कम्पाउण्डरहरु त्यो महिलासँग अनैतिक सम्बन्ध बनाउनका लागी दवाब दिरहेकाथिए । विरामी महिला रातिनै समयमै आफ्नो अभिभावक जेठाज्यूलाई जानकारी गराएपछि क्रोधले एक्लै भएता पनि जेठाज्यू फरमान ठाकुर प्रतिकार गर्न जाँदा अभिभावक जेठाज्यूलाई नै उल्टै उक्त स्टाफहरु पक्रेर मारपिट गरेकाछन् ।janakpur-hospital
अहिले दुवै पक्षलाई जानकी प्रहरी चौकीमा थप अनुसन्धानकालगी राखिएकोछ । यहाँ सवाल उठ्छकि जुन डाक्टरलाई हामी भगवानका दर्जा दिन्छौँ त अस्पताल वा निजी क्लिनिकलाई मन्दिरको तर त्यही स्थानमा यस्ता दानवहरु बास बस्न थाल्छन् भने आम जनता कसरी राहत महशुस गर्न सक्छन् ।
पिडितका जेठाज्यू फरमान ठाकुर अहिले न्याका लागी सम्बन्धित निकायसँग माँग गरेकाछन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger