Latest Updates :

काम बाट फर्कदै गरेका नेपाली युवा माथि हिजो साँझ लुटेराहरुले आक्रमण गर्दा नेपाली युवाको ज्यान गयो

SHARE THIS POST :
नेपालीको लगी मलेसिया असुरक्षित बन्दै  गइरहेको छ तर पनी मलेसिया जाने नेपालीको संख्यामा भने कमी आएको छैन दिनहु नेपाली माथि हत्या र लुट्पाटको घटना सार्वजनिक भैरहेको छ। यस्तै काम बाट फर्कदै गरेका नेपाली युवा माथि हिजो साँझ लुटेराहरुले आक्रमण गर्दा नेपाली युवाको ज्यान गएको छ। उनको परिचय  खुलेको छैन।  नेपाल सरकारको पहल होस शेयर गर्न नभुल्नुहोला।

शिवराज पन्थी
देशमा उद्योगधन्दा, कलकारखाना स्थापना हुन नसक्नु, स्थापित एकाध उद्योगधन्दाहरू पनि निजीकरणको नाममा विदेशी पुँजीपतिहरूको हातमा सुम्पिनु, देशमा विगत १० वर्षसम्म बढेको अशान्ति र शैक्षिक बेरोजगारीका कारणले समेत २० वर्षदेखिमाथि र ४० वर्षदेखि तलका युवा जनशक्ति ठूलो सङ्ख्यामा विदेसिन विवश छन् । नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। रोजगारको खोजीमा नेपाली नौजवानहरू भारत लगायतका खाडी मुलुक र विश्वका कैयौँ राष्ट्रहरूमा कठिन सङ्घर्ष गर्दै विदेशी भूमिलाई विकास र निर्माणको दीपशिखाले झिलीमिली पार्ने कार्यमा तल्लिन छन् । नेपाली युवाहरू कतारमा मात्र हैन, साउदी अरब, यू.ए.ई., कुवेत, ओमन, मलेसिया, बहराइन, इराक, भारत, इजरायल, हङकङ, कोरिया, अस्ट्रेलिया लगायत विश्वका थुप्रै मुलुकहरूमा देशको अकिंचन अवस्था एवं आफ्नै जीविकोपार्जनको समस्याका कारण दधिची बनेर आफ्नो रगत र पसिनालाई न्यून मूल्यमा चुकाउन बाध्य छन् । तेस्रो मुलुक कतारमा मात्र हालको तथ्याङ्क अनुसार १ लाख ८० हजारको हाराहारीमा नेपाली नौजवानहरू रोजगारको सिलसिलामा कार्यरत छन् । भारतलाई छोडेर विश्वका थुप्रै मुलुकमा काम गर्न जाने नेपालीहरू स्वास्थ्य परीक्षण गराई मेडिकल पास भएका ४० वर्षमुनिका बर्दी बिनाका सैन्य दस्ताहरू हुन् ।
विदेशी भूमिमा श्रमसँग सङ्घर्षरत नेपालीहरूको मन–मस्तिष्क सदैव नेपाली माटोको महक सम्झेर पुलकित हुन्छ । आफू जन्मे÷हुर्केको गाउँ–शहर, पहाड–पखेरा, लेक–बेसी, हिमाल, झरना, पढेको विद्यालय, हरियाली, वन–जङ्गल आदिलाई हामी नेपालीहरूले विश्वका जतिसुकै विकसित र समृद्ध मुलुकमा गएर वैभवशाली जीवन बिताए पनि बिर्सन सकिँदैन । अझ त्यसमा पनि खाडी मुलुकमा ५५ डिग्री सेन्टिग्रेड तापक्रमको प्रचण्ड गर्मीको रापसँगै कठोर सङ्घर्षसँग जुध्दा र तिरष्कारको प्रवाहमा पिल्सिँदा त आफ्नो देश अविस्मरणीय नै हुन्छ । यसरी देश छोडेर वैदेसिक रोजगारीका लागि विदेसिएका नेपालीहरूका ह्दयमा राष्ट्रप्रेमी भावनाका तरङ्गहरू हर पल छचल्किरहेका हुन्छन् ।
कतार एउटा तीनतिरबाट समुद्रले घेरिएको प्रायद्विप राष्ट्र हो । क्षेत्रफलको हिसाबले यो राष्ट्र काठमाडौँ उपत्यकाभन्दा ठूलो छैन । यो मुस्लिम धर्मावलम्वीहरूको राष्ट्र भएकाले पनि यहाँका मानिसहरू १८ औँ शताब्दीकै अवस्थामा रहेका जस्ता देखिन्छन् । राजनीतिक हिसाबले पनि यहाँ हालसम्म राजतन्त्र नै कायम छ । खेतीयोग्य जमिन र माटो नभएकाले कुनै चिज उत्पादन हुँदैन । त्यहाँका जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य लगायत अधिकांश सरसामान विदेशबाटै आयात गरिन्छ । यहाँको प्रमुख आयश्रोत पेट्रोल, डिजल, ग्याँस र मट्टितेल हुन् । यी चिजहरू त्यहीँ उत्पादन भएका छन् ।
सन् १९८०देखि कतारमा विकास निर्माणको कार्यको शुभारम्भ भएको पाइन्छ । यहाँका स्थानीय बासिन्दाहरूभन्दा रोजगार तथा व्यापारका लागि बाहिरी राष्ट्रबाट आएका मानिसहरू दोब्बर रहेको तथ्याङ्कले बताउँछ । अझ नेपाली कामदारहरूको सङ्ख्या त सबैभन्दा बढी रहेको छ । यहाँ नेपाल भारत, पकिस्तान, इरान, सुडान, बङ्गलादेश, फिलिपिन्स, इजिप्ट, भियतनाम, श्रीलङ्का लगायत देशहरूबाट रोजगार एवं व्यवसायका लागि मानिसहरू आएको पाइन्छ । कतारको राजधानी दोहा हो । यो राष्ट्र प्राकृतिक हिसाबले ८ महिना गर्मी र ४ महिना जाडो हुने, पानी त्यति नपर्ने, सुख्खा, उजाड मरूभूमि राष्ट्र हो । यहाँका मुस्लिमहरूको मुख्य पर्व ईद, रमजान, मोहर्रम मानिन्छ । नेपाल र भारतको तुलनामा यस राष्ट्रमा गाडीहरू उल्टो साइड –दायाँबाट) बाट चल्दछन् । यहाँ रेलगाडी र लामो रूटका बसहरू छैनन् । एक देशबाट अर्को देशमा जाँदा हवाई माध्यमबाट आवागमन हुन्छ भने धेरै टाढा –लामो रूटमा) प्राइभेट गाडीहरू नै प्रयोग हुन्छन् । यहाँका सरकारी बस –कारवा) मा ड्राइभर मात्र हुने भएकाले टिकट कम्प्युटरको माध्यमबाट काटिन्छ भने ढोका आफै खुल्ने र बन्द हुने –कम्प्युटरबाटै) हुन्छन् । यहाँका स्थानीयहरूको एक तला घर बनाइदिने काम सरकारले गरेको बुझिन्छ भने मानिसहरू ठूलो बिरामी पर्दा औषधि उपचार सरकारले निःशुल्क गर्ने परिपाटी रहेको पाइन्छ । २१ औँ शताब्दीमा पनि यहाँ राजतन्त्रात्मक व्यवस्था छ । यहाँका हालका राजा अमिर शेख हमादविन खलिफा अलथानी छन् ।
यहाँ खुल्ला अर्थनीतिको व्यवस्था भएकाले विदेशीहरूले कम्पनीमा शेयर लगानी गरी कैयन् कम्पनीहरू सञ्चालन गरेको पाइन्छ । तर, यसरी कम्पनी सञ्चालन गर्दा वा व्यवसाय गर्दा प्रक्रियागत सरकारी सम्झौता र यहाँका स्थानीय व्यक्तिहरूको स्वीकृति लिनु पर्ने प्रावधान छ । यहाँ व्यवसायमा केही नेपाली पनि क्रियाशील भएको पाइन्छ ।
खाडी मुलुकमा नेपालीहरू अन्य देशका कामदारहरूको तुलनामा कठिन तल्लो दर्जाको र कडा परिश्रमको काम गर्न बाध्य छन् र सबैभन्दा उत्पीडित र शोषित पनि । न्यून ज्यालामा घृणित जीवन बिताई बढी मेहनत र कठिनाइँपूर्ण एवम् खतरायुक्त काममा नेपालीहरूको प्रयोग गरिन्छ । कतिपय कम्पनीहरूले घर जान चाहेर पनि हिसाब नदिएर महिनौँसम्म कोठामा बिताउने गर्छन् भने राम्रा कम्पनीहरूले आउने–जाने हवाई टिकट र बोनस पनि दिने गर्छन् । यहाँ नेपालीले एक प्रकारको ‘अघोषित जेल जीवन’ बिताउनु परेको छ । जतिसुकै कम तलब, कम सुविधा, उपचार एवं तलब नै नदिए पनि भिसा लगाएकै कम्पनीमा काम गर्नु पर्ने सरकारी नियम छ । कम्पनी छोडेर बाहिर काम गर्दा डबल, ट्रिपल ज्याला मिल्छ तर यसरी गैरकानूनी तवरबाट काम गर्दा कानुनी सुविधाबाट बञ्चित गराई छापा मारेर गिरफ्तार गरी जेल हालेर कतिलाई घर पठाउँछ भने कतिलाई त झ्टो अभियोग लगाएर जेलमा लामो समय दुःख दिने गरिन्छ । हाल यस नियममा केही ढिलाइ दिन थालिएको छ ।
कतारमा काम गर्ने नेपाली कामदारहरूको स्थिति अत्यन्तै नाजुक र दयनीय छ । ८५ प्रतिशत नेपाली कामदारहरू मेसन र लेबर –इँटा, बालुवा, मसला, सिमेन्ट बोक्ने, सेटिङ प्लास्टर र रङरोगन गर्ने बिद्युत जोड्ने, टेलिफोन र केबुल लाइनमा काम गर्ने, सडकहरू सफा गर्ने, सडकमा गैँती, बेल्चा उठाउने, होटलमा भाँडा माझ्ने, काम गर्ने एयरपोर्ट सफाइ गर्ने) जस्ता तल्लो दर्जाको काममा छन् भने बाँकी १५ प्रतिशत नेपालीहरू पसलमा सेल्स मेन, अफिस एकाउन्टेन्ट, इञ्जिनियर, होटलका वेटर, कुक, चौकिदार, पेट्रोल पम्प सेल्समेन र गाडी चलाउने ड्राइभिङ काममा छन् । कतिपय नेपालीले स्पोन्सरसिप लिएर व्यवसाय गर्ने गरेका पनि भेटिन्छन्, त एकाध नेपालीहरूले गैरकानुनी तवरबाट कम्पनीहरूमा डुलेर भिसाको कारोबार गर्ने गरेको पनि भेटिन्छ । 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger