Latest Updates :

सन्तान दिन नसकेको भन्दै श्रीमानले श्रीमतीको गुप्ताङ्गमा ४० सेन्टीमिटर काठको बेल्ना घुसाए

SHARE THIS POST :
श्रीमतीको गुप्ताङ्गमा ४० सेमि काठको बेल्ना घुसाएपौष २४ काठमाण्डौ ।सन्तान दिन नसकेको भन्दै श्रीमानले श्रीमतीको गुप्ताङ्गमा ४० सेन्टीमिटर काठको बेल्ना घुसाएका छन् ।
श्रीमान र श्रीमतीसम्मको सम्बन्ध जुगजुग हुने मानिन्छ तर, यहाँ ठिक उल्टो भएको छ । भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा यस्तै समस्या लिएर एक नेपाली महिला भर्ना भएकी छन् । ती महिला अहिले उपचारका लागि अस्पतालमा छन् ।

काठको बेल्ना घुसार्ने उनकै श्रीमान हुन्, जो अस्पतालमा कुरुवा बसेका थिए । उनको गुप्तांगमा काठको बेल्ना फेला परेपछि चिकित्सकहरु नै तीनछक परे । ‘उनको भित्री अंग यति क्षतविक्षत भएको थियो कि यसबाट उनको मृत्यु नै हुनसक्थ्यो,’ चिकित्सकहरुको भनाइ छ ।

नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडीबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो जोडी नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् ।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

समाचारमा यो घटनालाई अन्धविश्वास र महिलाहिंसाको चरम नमूनाका रुपमा लिइएको छ । साथै यो स्थितिमा सामान्यतः महिलाको मृत्यु हुने भए पनि यी महिला बहादुर रहेको र मृत्युको मुखबाट बाँच्न सफल भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बेलायतबाट प्रकाशित डेलीमेलका अनुसार यी महिलालाई २४ डिसेम्बरको साँझ अस्पताल लगिएको थियो । पेटमा पीडा भएको र सुन्निएको अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

डेली मेल लेख्छ– अस्पताल लानु तीन दिनअघि उनका पतिले सन्तान दिन नसकेको भन्दै ४० सेन्टिमिटरको ‘बेल्ना’ले संवेनदशील अंगमा आक्रमण गरेका थिए । उनले गुप्तांगभित्रै बेल्ना छिराइदिएका थिए ।

यसबारे कसैसँग कुरा गरे मारिदिने धम्कीसमेत दिएका थिए । पीडित महिलाले भने लामो समयको कुराकानीपछि मात्रै आफूले भोग्नु परेको समस्या बताएकी थिइन् । श्रीमान नभएको अवस्थामा उनले श्रीमानले दिएको यातनाबारे सविस्तार भनेकी थिइन्, त्यसबेला यी महिला भक्कानिएर रोएकी थिइन् । उनको योनीभित्र ४० सेन्टिमिटरको बेल्ना फेला परेको थियो ।

घटनाको रहस्य खुलेपछि उनका श्रीमानलाई पक्राउ गरिएको छ भने उनलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger