Latest Updates :

दैनिक एक पोटी लसुनको सेवनले पाइन्छ कल्पनै नगरेका यी फाइदा

SHARE THIS POST :
लसुनले कुनै पनि तरकारीको स्वादलाई निकै बढाइदिन्छ, यो कुरा त हामी सबैलाई थाहा छ । सोहीकारण यसलाई मसलाको रुपमा प्रयोग गर्ने गरिन्छ । तर के तपाईंलाई थाहा छ लसुनको चामत्कारिक फाइदाबारे ? जानिराख्नुस्, लसुनमा औषधीय गुण पर्याप्त मात्रामा हुन्छ ।

लसुनमा एलियम नामक एण्टिबायोटिक गुण हुन्छ, जसले धेरै रोगबाट मानिसलाई बचाउँछ । निरन्तर लसुन खाने हो भने ब्लडप्रेसर कम वा बढी हुने समस्या आउँदैन । ग्यास्ट्रिक (एसिडिटी)सम्बन्धी समस्यामा पनि यसको प्रयोग निकै लाभदायक हुन्छ ।

यदि दैनिक लसुनको एक पोटी खाने हो भने मुटुसम्बन्धी रोग लाग्ने सम्भावना निकै कम हुन्छ । खाँदामात्रै होइन, शरीरमा लगाउँदा पनि लाभदायक छ लसुन । यसलाई पिसेर छालामा लगाउँदा विशाक्त किटाणु नष्ट हुन्छन् ।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै। 

रुघा-खोकी तथा सर्दीको त यो अचुक औषधि नै हो । हड्डीको दुखाई तथा जोर सम्बन्धी समस्यामा पनि लसुनको सेवन लाभदायक मानिन्छ । यसको नियमित प्रयोगले मानिसको दाँत, मांसपेशी, कपाल तथा नङ कमजोर हुन पाउँदैन । साथै यसले पेटमा रहेका किटाणु मार्न पनि भूमिका खेल्छ ।

यसले कब्जियतको समस्यामा पनि काम गर्छ ।

यसबाट पनि थाहा हुन्छ, लसुनले तरकारीको स्वाद बढाउने मात्रै होइन, हामीलाई विभिन्न रोगबाट पनि बचाउँछ । यतिमात्रै कहाँ हो र, लसुनमा प्रोटिन, भिटामिन, खनिज, लवण, फस्फोरस, आइरनलगायतका तत्वहरु पनि पाइन्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger