Latest Updates :

सलमान खान आइएसआइएसका एजेन्ट ! उनको हत्या गर्ने मिति तय

SHARE THIS POST :
बिग बसको १० औं संस्करणको सबैभन्दा चर्चित प्रतिस्पर्धीमा स्वामी ओमजीको नाम आउँछ । बिग बसका अन्य सदस्यसँग उनको  लगातार विवाद हुँदै आएको छ । आफूलाई भारतीय संस्कृतिको समर्थक र पोषक बताउने स्वामी ओमका विभिन्न चरित्र बिग बसमा हेर्न पाइयो ।

बिग बस १० का सबैभन्दा विवादित प्रतिस्पर्धी स्वामी ओमजीले भारतीय एक संचारमाध्यमसँग कुराकानी गरेका छन् जसमा उनले सलमानलाई आइएसआइएसका एजेन्ट हुन् भनी पटक पटक दाबी गरेका छन् ।

नेपाली सानो बच्चा छाडा अश्लील शब्दहरु बोल्दै।

पछिल्लो पटक बिग बसकी अर्की प्रतियोगी बानीमाथि पिसाब फ्याँकेपछि उनलाई बिग बसको घरबाट जर्बजस्ती हटाइएको थियो । यद्यपी, उनका विवादास्पद बयान भने त्यहाँबाट फर्किएपछि पनि रोकिएको छैन । उनले भारतको मात्र नभई संसारभरीका मानिसहरुको मानसिकता परिवर्तन गर्नका लागि आफूले आन्दोलनको थालनी गर्न लागेकोसमेत जानकारी दिए । उनले सलमानलाई पनि पक्राउ गराउन निर्देशन दिने बताएका छन् ।
‘म सलमानलाई पनि गिरफ्तार गराउँछु । उनलाई जेल पठाउँछु,’ उनले भने ।
ओमजीका अनुसार सलमानले आफ्ना दुई मुद्दाका लागि प्रति १०० करोड दिएर न्यायाधिसहरुलाई खरिद गरेको बताउँदै आफूले उनको उक्त मुद्दा पुनः खुलाउने चेतावनी दिएका छन् । न्यायाधिसलाई पैसा दिएको बारे सलमान आफैंले उनीसँग कुराकानीको क्रममा खुलाएको दाबी गरे। उनी भन्छन्, ‘सलमानलाई अबू सलेमसँग जेलमा बन्द गराउनेछु ।’

आफूमाथिको मुद्दाको प्रश्नमा उनले भने, ‘ममाथि कुनै मुद्दा दर्ता छैन ।’ कार्यक्रममा अब दोस्रोपटक नआउने भन्ने ओमजीले भने, ‘म सारा संसारसँग अपिल गर्न चाहन्छु कि बिग बस हेर्न बन्द गर्नुहोस् र लेख्नुहोस् ओमजीलाई कार्यक्रममा दोस्रो पटक भित्र्याइयोस् । म त्यहाँ (बिग बसको सेटमा’ जानेछु । बोलाए पनि र नबोलाएपनि म त्यहाँ जानेछु । म त्यहाँ एक लाख मानिसलाई लिएर जानेछु ।’
ओमजीले सलमानलाई २८ जनवरीमा सलमानको हत्या गर्ने धम्की दिएका छन् । उनले सलमानलाई मार्नुका साथै बिग बसको घरमा आगो लगाइदिने धम्कीसमेत दिएका छन् । उनी भन्छन्, ‘मैले सलमान र बिग बसले चाहे जसरी अभिनय गरेको हुँ,’ बिगबसमा आफ्नो चर्तिकलामाथि ओमजीले भने, ‘मैले कहिले पनि कसैलाई दुःख दिने, जिस्काउने गर्दिनँ ।’ सलमान र बिग बसले भारतीय संस्कृतिलाई बर्बाद गरिरहेको उनले आरोप लगाए । त्यसकारण बिग बसलाई बन्द गर्नुपर्ने उनको माग छ । उनले भने, ‘म बिग बसको घरमा जाने बित्तिकै हाम्रो सबैकुरा खोसियो र उनीहरुले भनेको नमाने हाम्रो हत्या गरिदिने धम्की दिइयो ।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger