Latest Updates :

प्रचण्डलाई अर्को झड्काः सत्तारुढ दलकै ६ सांसद ओलीको लाइनमा, को-को छन् ?अब कति दिन टिक्छन सत्तामा प्रचण्ड ?

SHARE THIS POST :
प्रचण्डलाई अर्को झड्काः सत्तारुढ दलकै ६ सांसद ओलीको लाइनमा, को-को छन् ?अब कति  दिन टिक्छन सत्तामा प्रचण्ड ?
संविधान संशोधन विधेयकको विपक्षमा भोट हाल्ने


काठमाडौं, ४ माघ । नेपाली कांग्रेस र नेकपा माओवादीसहितका सत्तारुढ दलका ६ सांसदले संविधान संशोधन विधेयक असफल पार्न लागिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई साथ दिने भएका छन् ।

पाँच नम्बर प्रदेश टुक्राउने गरी आएको संशोधन विधेयक असफल पार्नकै लागि उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श समेत गरेका छन् ।

यसैक्रममा मंगलबार (आज) नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि ओलीसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाललाई मतदान गरेको नेपाल परिवार दलका अध्यक्ष ढकालले मंगलबार भक्तपुरको बालकोटस्थित निवासमा पुगेर अध्यक्ष ओलीसँग छलफल गरेका हुन् । भेटमा राष्ट्रहित विपरित रहेको संविधान संशोधनको विपक्षमा एकमत भएर उभिने निर्णय भएको ढकालले जानकारी दिए ।

संविधान संशोधनको विपक्षमा रहेका पाँच सांसद को को ?
संविधान संशोधन विधेयक असफल पार्न लागिरहेका पाँच सांसदमा प्राय पाँच नम्बर प्रदेशका रहेका छन् । उनीहरु प्रतिपक्षीसँगै संशोधन विधेयकको विपक्षमा मतदान गर्न मनस्थितीमा छन् ।

१) चन्द्र भण्डारी (कांग्रेस)

२) टोपबहादु रायमाझी (माओवादी केन्द्र)

३) एकनाथ ढकाल (परिवार दल)

४) अमरबहादुर पुन (कांग्रेस)

५) धनराज गुरुङ (कांग्रेस)

६) डोरप्रसाद उपाध्याय (माओवादी केन्द्र)

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger