Latest Updates :

पूर्व प्रधानसेनापनि रुक्माङ्गद कटवालले शीतलनिवासमा यसरी लिए राजेन्द्र महतोको सातो

SHARE THIS POST :
काठमाडौं, ४ माघ । सोमबार सम्पन्न राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुसुमको विहे समारोहमा अनौठो दृश्य देखियो ।




जहाँ सद्भावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतो र पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल कटवालबीच घोचपेच भयो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विहे समारोहमा कटवालले महतोलाई ‘नेपालको नेता हुने प्रयास गर्नुस्’ भनेर उनको सातो नै लिए । जवाफमा महतोले ‘नेपालकै नेता हुने कोसिस त गरिराखेकै हो तर दिएनन्’ भनेका थिए ।

त्यसपछि ‘कटवालले ‘नेपाली जनताले भोट दिएर जिताएका त हुन् नि, होइन र’ भन्दै महतोलाई नजवाफ बनाए । पूर्वप्रधानसेनापति कटवालले भारततिर बढि झुकेपछि महतोलाई नेपालको नेता बन भनेर सुझाव दिनुका साथै सातो लिएका हुन् ।

अंगीकृत नागरिकता लिएको भनिएका महतोले बेला बेला भारतको पक्षपोषण गर्दै आएपछि कटवालले भारत होइन् नेपालको नेता बन्न भनेको विश्लेषकहरुको भनाई छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger