१८ बर्षकी भए यौन चाह धेरै हुन्छ २ बर्ष मेरो एउटा युवक सँग निरन्तर यौन सम्पर्क भयो अहिले उ बिदेश गइसक्यो मैले अर्को केटा साथी पार्टनर बनाउँदा के फर्क पर्ला के बिहे अगाडी भएको सेक्स बिहे पछि थाहा हुन्छ ?यौन सम्पर्कलाई प्रमाणित गर्न सकिन्छ ?
✍ मानिसहरुमा केहि बर्ष पहिला देखि यो सवालको पक्ष
र विपक्षमा खुलेर छलपल चलाउँन थालेका छन् ।
हाम्रो समाजमा मात्रै होइन संसारकै सबै समाज र
संस्कारका प्रचलनले विवाह अगाडि यौन सम्पर्क गर्न
बर्जित गरेको छ । विवाह अगाडि यौनसम्पर्क गर्न हुँदेन
भन्नेको संख्या निकै ठूलो अहिले पनि भएको अनुमान
गर्न सकिन्छ । तर यस सँगै विवाह
अगाडि लुकिछिपी यौनसम्पर्क
गरेका मानिसको संख्या पनि उत्तिकै ठूलो संख्या छ ।
विवाह अगाडि यौनसम्पर्क गर्नुहुन्न भन्ने तर यौनसम्पर्क
पनि गर्नेको संख्या पनि उल्लेखनीय भएको सबैले सहजै
अनुमान गर्न सकिन्छ । यो पनि एक
किसिमको खुल्ला गोनीयता भएको छ ।
समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा यौन सम्पर्क र
विवाह अलग अलग कुरा हुन । विवाहलाई एक परम्परागत सामाजिक संस्था हो ।
हाम्रो समाजका कतिपय समुृदायमा आजका दिनसम्म
पनि श्रीमान श्रीमति भएर घरजम गर्दछन्,
बच्चा जन्माउँछन र छोराछोरीको विवाह
अगाडि सम्म श्रीमान श्रीमतिबीच विवाह भएको नहुन
पनि सक्छ । त्यस्तो भएमा बाआमा र
छोराछोरीको विवाह एकै दिनमा पनि गरेको पाइन्छ
। यसको अर्थ केहो भने विवाह भनेको श्रीमान
श्रीमति भएर घरजम गर्नु सन्तान जन्माउँनु मात्र होइन । किनकि विवाह हुन आ–आफ्ना धर्म संस्कार अनुसार
परम्परा देखि अपनाइदै आएका निश्चित विधि र
प्रकृया पुरा गर्नु हो । वा देशको कानुनले तोके अनुसार
कानुनी प्रकृया पुरा गरेर प्रमाणित हुनु हो । जसमा एक
महिला र एक पुरुष समाजमा चलिआएको रितिरिवाज र
कानुन बमोजिम, सन्तान उत्पादन गर्ने उदेश्यले एक
सामाजिक बन्धनमा बाँधिन्छन र समाजले उनीहरुबाट
हुने यौन सम्बन्धलाई स्वीकार्दछ अर्थात
मान्यता दिएकोछ । यसरी भरिएको यौन सम्पर्कलाई
सभ्य व्यवहार भनेर समाजमा स्थापित छ । यौन सम्पर्क
विवाह भन्दा फरक कुरा हो । एक
जना मानिसको जीवनको केन्द्रीय पक्ष हो । अरु
प्राणीको जस्तै मानिसको लागि पनि यौन जीवन
एक अपरिहार्य र अभिन्न अंङ्ग हो । मानिस
बाँचुञ्जेलीको आधारभूत आवश्यकता गाँस बास कपाससँगै
सहबासको पनि आवश्यकता पर्दछ,
जीवनको लागि जरुरी हुन्छ । त्यसैले यौन र विवाहलाई
एउटै तरिकाले हेर्न र बुझ्न हुँदैन ।
आज भोली मानिसहरु ढिलो विबाह गर्नेको संख्या बढ्दै
छ किशोरावस्था देखि मानिस यौन
क्रियाकलापमा सकृय भएको हुन्छ र प्रायले
युवावस्था (२५ बर्ष) पछि नै विबाह गर्न थालेकाले
यो लामो समयसम्म सबैले यौन सम्पर्क नगरी बसेका हुँदैनन् ।
विज्ञानमा आएका परिवर्तनले
विगतमा मानिसका लागि रहस्य मानेका सबै
कुराहरुको रहस्य खुल्दैछ । त्यसैले समाजिक रुपमा बर्जित
गरिएका कुराहरुमा समाजले अस्वीकार गर्न थालेको छ ।
विश्व ब्रह्माण्डीकरणले गर्दा संसारका हरेक सूचना छिन
भरमै सबै ठाउँमा थाहा हुन्छ । नयाँ खोज
अनुसन्धानका कुराहरुले परम्पराबाट चल्दै आएका कतिपय
कुराहरुमा यौन
तथा यौनिकताका कुराहरुमा पनि परिवर्तन
ल्याएको छ । अर्थात यौन जीवन
शैलीमा पनि परिवर्तन आएको छ । त्यसैले विवाह
अघि यौनसम्पर्क गर्नु कति उचित वा अनुचित भन्ने
कुरामा मानिस आफैले निर्णय गर्न सक्ने भएको छ ।
कहिले गर्ने ? कोसँग गर्ने भन्ने मानिसको अधिकार
वा निर्णयको कुरा हो तर विवाह अगाडी गर्नै हुन्न
भनेर अरुले भन्न पाउँदेन । बरु अरुले जिम्मेवार र सुरक्षित
यौनसम्पर्कको बारेमा सचेत गराउँन सक्दछ । अब त
कानुनले पनि विवाह अगाडिको यौनसम्पर्कलाई बन्देज
लगाउँन सक्दैन । अर्को महत्वपूर्ण कुरा के हो भने समाज
वा परिवारमा अरुलाई नकारात्मक असर पार्ने
गरि वा विसंगती बढाउँने किसिमको यौन सम्पर्क
चाहिं गर्नुहुँदैन । सानो उमेरमा पनि यौनसम्पर्क गर्नु हुदैन
किनकि यौनांगहरु पूर्णरुपले विकास भएको हुदैन ।
त्यसैकारण कानुनले पनि १८ बर्ष भन्दा अगाडी विवाह
गर्न प्रतिबन्ध लगाएको हो । विदेशका अन्य मुलुकमा त
१८ बर्ष मुनिका लागि नग्न चलचित्र (ब्लु फिल्म) हेर्न
पनि प्रतिबन्ध लगाइएको छ ।
किनकि त्यस्ता चलचित्रले यौन सम्पर्क गर्न प्रेरित
गर्नसक्छ र यौनांग राम्रोसँग विकास नभई यौनसम्पर्क
गर्दा प्रजनन स्वास्थ्यका पक्षमा त्यसले जीवन
भरी जटिल समस्या उत्पन्न हुनसक्छ । यौन तथा प्रजनन
स्वास्थ्य क्षेत्रका विज्ञहरुले २० बर्ष अगाडि यौनसम्पर्क
नराख्न सुझाव राखेका छन् ।