Latest Updates :

टिप्परको ठक्करबाट बाइक चालकको मृत्यु

SHARE THIS POST :
मोरङ, १३ पुस । पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राईको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया विष्णुमाया राई गम्भीर घाइते भएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो । ठक्कर दिने टिपरसहित त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger