Latest Updates :

गाईलाई मान्छेको भन्दा धेरै सुविधा !

SHARE THIS POST :
मोरङ १३ पुस / सामान्य तया दैनिक जिवनमा मानिषले आफ्नो काम आफै गरिरहेको हुन्छ । प्रया सह्यार सुसार गर्ने मान्छे लगाउने कमै हुन्छन ।तर बालपनमा मात्र बच्चलाई मानिषले नुहाई दिने काम गर्छ तर ठुलोभएपछी उ आफैले नुहाई धुवाई गर्छ । तर मोरङको रंगेलीमा अवस्थित एक रंगेली गौशालमा गाईलाई मानिषलाई भन्दा धेरै समुहमा स्याहार सुसार गर्ने व्यवस्था गरिएको छ ।
उनीहरुलाई चाहिने सबै आधारभुत सुविधा दिइएको छ । नियमित स्वास्थ्य जाँच गर्नेदेखि बेलाबेलामा बाहिरफेर घुमाउनेलगायतका सुविधा हिजोआजबाट मात्र आरम्भ नभएर ३६ वर्ष अघिदेखि निरन्तर जारी छ । सामाजिक पहलमा रंगेली गौचर गौशालामा साढे तीन दशकअघि स्थापना भएदेखि यहाँ गौ सेवाको सबै प्रयास सम्भव भएको हो । २०३७ सालमा गौशाला खुल्दाका संस्थापक हालका सल्लाहकार मालचन्द अग्रवालका अनुसार गाई विश्वकी माता हुन भन्ने मान्यतालाई आत्मसात गर्दै विशुद्ध सामाजिक भावले गाईको सेवा गरेका सो गौशालाका सल्लाका सल्लाहाकार सल्लाहकार मालचन्द अग्रवालको भनाई छ ।
बेवारिसे, घाइते, दानमा दिइने र कसैले पाल्न नसकेका गाईलाई संरक्षण गर्ने काममा गौशालाले ३६ वर्षदेखि निरन्तर सेवा गर्दै आएको छ । यो गौशाला गाई संरक्षण र सेवाका लागि समाजसेवी भिखमचन्द सरलको प्रयासमा खोलिएको थियो ।
गौशालमा हाल माउ गाई ६० र बाछाबाछी ३५ वटा छन् । सबैलाई सेवा गर्न दैनिक पाँच जना खटिन्छन् । गौशालाबाट उत्पादन हुने दुध,गौमत्र र मलको बिक्रीबाट हुने रकमसमेत गाईकै सेवामा खर्च हुने गरेको छ । दाताले सहयोगस्वरुप टहरा बनाई दिएका छन् ।
आर्थिक सहयोग पनि गर्छन् । ‘चोकर राख्ने आफ्नै गोदाम छ । मेसिनले नै पराल र घाँस काटिन्छ’, गौशालाका कर्मचारी उमेश दाहालका अनुसार बिहान ५ बजेबाट सुरु हुने गौसेवा रातिसम्म जारी रहन्छ । दाहालका अनुसार सेवामा खटिने मानिसले ५ बजे गोठबाट गोबर तान्छन्, गाई दुहुन्छन् त्यसपछि खोले र कुटी दिई मोटर लगाएर गोठ सफाई गर्छन । गाईलाई गर्मीमा मोटरको चिसो पानीले नुहाई दिने र जिउ कन्याई दिने काम पनि हुन्छ । दिउँसो २ बजेदेखि ४ बजेसम्म भने गाईले उग्राउने समय भएकोले त्यसबेला मानिसहरु गोठमा जाँदैनन् ।
गौशाला परिसरमै रहेको पशुसेवा कार्यालयका पशु चिकित्सकले समयसमयमा स्वास्थ्य जाँच पनि गर्छन् ।. स्वास्थ्य समस्या आए औषधि गरिन्छ । गौशालामा प’रानासहित ४ वटा पक्की टहरा निर्माण गरिएका छन् । आफ्नै ४ बिघा क्षेत्रमा घाँस लगाइएको छ । कर्मचारी उमेश दाहालका अनुसार हरेक वर्ष गाईको सम्मानमा गोपाष्टमी समारोह नै आयोजना गर्ने गरिएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger