Latest Updates :

के पि शर्मा ओली तराईमा ,जनताको उर्लियो महासागर देश र जनताको शीर झुक्ने काम हुँदैन : जसले त्यस्तो काम गर्छ ओली, त्योंकांग्रेस होस या माओबादी पत्तासाफ हुन्छ ओलीको भाषण पस्चात त्यहाँका जनता भगवान नै सम्झि खुट्टा नै ढोग्छौ समेत भने भिडियो हेर्नुहोस।

SHARE THIS POST :
 उदयपुर, कात्तिक २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा संविधान संशोधन भएपनि देश र जनताको शीर झुक्ने काम हुनै नसक्ने बताएका छन् ।
नेकपा एमाले उदयपुर–कटारी नगरसमितिको नवनिर्मित भवनको शनिबारउद्घटन गर्दै अध्यक्ष ओलीले ‘एमाले संविधान संशोधनको बाधक नभएको तर संविधान संशोधन गर्ने नाममा देशको शीर झुकाउने र जनताको शीर निहुरिने काम कदापी हुन नदिने’ बताए ।
संविधान संशोधन गरेर देश विखन्डन गर्ने जातीय र क्षेत्रीय नाममा मधेस र पहाडलाई टुक्राटुक्रा पार्ने काम एमालेले गर्न नसक्ने उनको भनाइ थियो ।
‘वर्तमान अवस्थामा देशमा संविधान कार्यान्वयन गर्नु आवश्यक छ, समयमा निर्वाचन गर्नु आवश्यक छ, यो बाटो खुलाउनुपर्छ’–उनले भने ।
आफू सरकारमा हुँदा चीनसँग नेपाल जोड्ने र पूर्व–पश्चिम रेलवेको सम्झौता तथा अवधारणा ल्याएको स्मरण गर्दै नेता ओलीले आफूहरू अहिले सरकारबाहिर रहेतापनि चीनसँग भएका सम्झौता कार्यान्वयनमा दबाब दिने बताए ।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमानसिंह कार्कीले पद र अधिकार दुरुपयोग गरेका कारण एमालेसहितका दलले कार्कीलाई महाअभियोग लगाएर हटाउन संसदमा प्रस्ताव ल्याएको बताए ।
महाअभियोग प्रस्ताव बहुमतबाटै पारित हुने र यसमा नेपाली कांग्रेसले खुट्टा कमाउन नहुने उनको भनाइ थियो ।
‘लोकमानविरुद्धको महाअभियोगमा खुट्टा कमाए देश र जनताबाट नेपाली कांग्रेसको पत्तासाफ हुन्छ’–उनले भने ।
कार्यक्रमलाई एमालेका केन्द्रीय सदस्य भीम आचार्य, जगन्नाथ खतिवडा र बलदेब चौधरी तथा सांसद इच्छाराज तामाङलगायतले सम्बोधन गरेका थिए ।
भवन निर्माणका लागि कटारीका स्थानीय स्वर्गीय पदमबहादुर बलको परिवारले एककठ्ठा जग्गा निःशुल्क प्रदान गरेको थियो ।
रु १५ लाखको लागतमा निर्माण भएको सो भवन सांसद इच्छाराज तामाङको संसदीय कोष र व्यक्तिगत सहयोगमा निर्माण गरिएको हो । रासस

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger