Latest Updates :

पहिले हसाए धूर्मूसले बोल्दै गर्दा यसरी सबैलाई रुवाए। हेर्नुहोस यो ह्रदयस्पर्सी भाषण।

SHARE THIS POST :

दोस्रो एकीकृत बस्ती निर्माणमा धुर्मुस-सुन्तली, अघिल्लोभन्दा ठूलो र व्यवस्थित हुने
 भूकम्पछिको पुनर्निर्माणको सरकारी अभियान एक वर्षसम्म कुहिरोको काग बनिरहेका बेला कलाकार सीताराम कट्टेल दोस्रो एकीकृत बस्ती निर्माणमा जुटेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकोप्टर चढेर बारपाक पुगी भूकम्प स्मारकको शिलान्यास गरेकै क्षण धुर्मुसले सिन्धुपाल्चोकको मेलम्ची गाविसस्थित गिदानचौरमा नमुनाबस्तीको आफैं शिलान्यास गरे ।
धुर्मुसले निर्माण गर्ने दोस्रो नमुना बस्तीको नामाकरण गरिएको छ, गिदानचौर एकीकृत नमुनाबस्ती पुनर्निमाण तथा पर्यटन प्रवर्द्धन परियोजना । बस्तीमा एउटा सामुदायिक हलसहित ६५ वटा घर रहने धुर्मुसले जानकारी दिए ।
‘यो मेरो महत्वाकांक्षी परियोजना हो,’ उनले भने, ‘जसरी पनि सफल पार्छु ।’
निर्माणका लागि उनले साढे तीन करोड रुपैयाँ लाग्ने अनुमान गरेका छन् । तर, धुर्मुस-सुन्तली फाउन्डेसनकोे खातामा छ, जम्मा एक लाख ७४ हजार रुपैयाँ । यति ठूलो रकम कसरी जुटाउनुहुन्छ त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘मैले धनले होइन, मनले यो काम गर्दैछु, मन भएपछि धन जसरी पनि जुट्छ भन्ने विश्वास छ ।’
धुर्मुसले नयाँ बस्ती निर्माणमा आर्थिक सहयोग गर्न ‘मन भएका’ दाताहरुलाई आह्वान गरेका छन् । अहिलेसम्म थुप्रैले इच्छा व्यक्त गरेको तर, ठोस प्रतिवद्धता भने आइनसकेको उनले बताए ।
‘अघिल्लो कामको अनुभवका आधारमा पनि मलाई सबैले विश्वास गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।
यदि तपाईंले सोचेको जस्तो भएन भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘काम थालिसकेपछि कुनै पनि हालतमा पछि हट्दिँन । अाफ्नै घर बेचेर भए पनि परियोजना सफल बनाउन तयार छु ।
धुर्मुसले भूकम्प आएको केही समयमै काभ्रेको पाँचखालमा एकीकृत बस्ती निर्माण गरेका थिए । उनले ६७ लाख ३७ हजारको लागतमा ७० दिनभित्र निर्माण सम्पन्न गरेको सो बस्तीमा २० घरहरु छन् । नयाँ बस्ती उनले ४ देखि ६ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।
अघिल्लोभन्दा यो बस्ती केही फरक र थप व्यवस्थित पनि हुने धुर्मुसले बताए । सरकारले तोकेको सबै मापदण्ड पूरा गरेर, स्थानीय स्रोत-साधनलाई बढीभन्दा बढी प्रयोग गरेर बस्ती निर्माण गर्ने उनको लक्ष्य छ ।
धुर्मुस भन्छन्, ‘मैले पुनर्निर्माण प्राधिकारणको समानान्तर भएर काम गर्न खोजेको होइन । आवश्यक सबै कागजात पेश गरेर प्राधिकरण लगायत सम्वन्धी सबै निकायको स्वीकृति लिएर गर्दैछु ।’
नयाँ बस्तीलाई बालमैत्री, अपाङ्गमैत्रीका साथै हरियालीयुक्त बनाउने पनि उनको योजना छ । तामाङ बस्ती भएकाले स्थानीयवासीको सांस्कृतिक पहिचान पनि झल्कने गरी डिजाइन गरिएको छ । यो ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्न सकिने सम्भावना देखेका छन् धुर्मुसले ।

‘भविष्यमा पर्यटकीय सम्भावना देखेर पनि मैले यो क्षेत्र छनोट गरेको हुँ,’ उनले भने ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger