Latest Updates :

आफ्नो देशका जनता ब्लड नपाएर अस्पतालमा छट्पटाइरहदा घण्टौसम्म सडक बन्द गर्ने नेपाल सरकार के नेपाली जनता बचाउनु पर्दैन ?

SHARE THIS POST :
#भिडियो_दुखद_घटना :(
आफ्नो देशका जनता ब्लड नपाएर अस्पतालमा छट्पटाइरहदा घण्टौसम्म सडक बन्द गर्ने नेपाल सरकार के नेपाली जनता बचाउनु पर्दैन ? भारतीय राष्ट्रपति प्रणव मुखर्जी दिल्ली विमानस्थलबाट नेपाल उड्ने तयारी हुदै गर्दा नेपालमा घट्यो अत्यन्त दुखद घट्ना, हस्पिटलमा बिरामी आफन्तलाई हस्पिटलमा खुन लिएर हिडेका कृष्णहरिले रुदै भने मेरो आफन्त सिकिस्त छ जान दिनुस भन्दा पनि ट्राफिकले जान दिएनन्,-भिडियो सहित -
१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमणका लागि दिल्ली विमानस्थलबाट उड्ने तयारीमै थिए । उनी काठमाडौं ओर्लिइसकेकै थिएनन् ।

नयाँ बानेश्वर चोक र बबरमहलको बीचमा पर्ने बुद्धनगरभित्रबाट मोटरसाइकलमा सवार एक व्यक्ति अल्फाबिटा कम्प्लेक्स नजिकै पुगे । उनले मोटरसाइकलमा रगत बोक्न प्रयोग गरिने ‘मेडिकल बक्स’ बोकेका थिए ।

तर, बुद्धनगर चोकैमा बसेका ट्राफिक प्रहरीले उनलाई अगाडि बढ्न दिएनन् । प्रहरीले केहीबेरमा भारतका राष्ट्रपतिको सवारी भएपछि मात्रै जान सक्ने भन्दै रोके ।

उनले आग्रह गरे, ‘हस्पिटलमा मेरो बिरामीको अवस्था निकै क्रिटिकल छ, म उसका लागि रगत लिएर आएको हुँ । बबरमहलबाट अनामनगर हुँदै भित्री बाटोबाट जान्छु ।’

उनी रहेछन् कृष्णहरि कार्की । कार्कीका बिरामी आफन्त पुतलीसडकस्थित भ्याली म्याटरनिटी नर्सिङ होममा रहेछन् । तर, आदेश पालनामा खटिएका प्रहरीले उनको पीडा बुझ्न सकेनन् । प्रहरीले भने, ‘हरेकको व्यक्तिगत समस्या सुनेर छोड्न सकिँदैन, यो मेरो क्षेत्राधिकारभित्रको कुरा पनि होइन ।’

यति सवाल-जवाफमै कार्कीले भावुक हुँदै भने, ‘नेपाल सरकार मूर्दावाद ! नेपाल सरकार चोर हो !’

प्रहरी र कार्कीवीचको वादविवाद अनलाइनखबरले कैद गर्न लाग्दा कार्कीले हेलमेटको भाइजरले मुख छोप्दै भने, ‘मेरो बिरामी मर्न लागिसक्यो, फोटो नखिच्नुस् ।’

यति भन्दै गर्दा उनका आँखाबाट आँसु झरिरहेका थिए । कार्कीले भाइजर खोलेर आँसु पुछे । त्यसपछि निराश हुँदै बुद्धनगरभित्रकै सडकतिर फर्किएर अलप भए ।

कार्की फर्किएपछि ट्राफिक जवानले भने, ‘मैले उहाँको समस्या बुझेको छु, तर हाकिमले नछोड् भन्यो त मैले के गर्नु, मैले आदेश पालना गरेको हुँ ।’

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger