Latest Updates :

भारतले नेपालमा लगाएको नाकाबन्दीबारे यसो भने मुखर्जीले।

SHARE THIS POST :
काठमाडौं १९ कात्तिक |  भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नाकाबन्दीमा सोधिएको प्रश्नको जवाफ कूटनीतिक ढंगले पन्छाएका छन् । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले अन्तरवार्ता लिने क्रममा मुखर्जीसँग नाकाबन्दीबारे सोधेका थिए ।

भारतीय राष्ट्रपतिलाई शर्मा र उपाध्यायको प्रश्न थियो– ‘नेपालको संविधानप्रति आफ्नो असन्तुष्टि प्रकट गर्न भारतले अलि बढी नै गरेको, खासगरी साढे चार महिना लामो अघोषित सीमा नाकाबन्दी लगाएको विषयलाई लिएर नेपालभित्र र बाहिर पनि भारतको निकै आलोचना भयो नि ?’

यो प्रश्नको जवाफ मुखर्जीले यसरी दिए– ‘हाम्रो खुला सीमाना भएका कारण नेपालभित्र भएका घटनाक्रमको असर सीमापारि पनि पर्न सक्छ ।

तर, के नबिर्सौं भने हाम्रो सम्बन्ध र सहकार्य पृथक किसिमको हो, जुन दुवै पक्षका जनताको सघन सम्पर्कद्वारा निर्देशित छ । भारतले सधैं नेपालको शान्ति, स्थायित्व र विकासमा चासो लिँदै आएको छ । यसकारण निकट भित्रका रुपमा हामी दिगो शान्ति र स्थायित्वका लागि गरिने हरेक प्रयासको स्वागत गर्छौ । संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ नेपालको यात्रामा भारतको सधैं सहयोग र सुभेच्छा रहन्छ ।’

पत्रकार द्वय शर्मा र उपाध्यायले मुखर्जीलाई पुनः प्रश्न गरे– ‘धेरैको बुझाइमा नाकाबन्दीले नेपाली समाजलाई ध्रुवीकृत गर्ने र भारतविरोधी भावना बढाउन काममात्रै गर्यो । भारतको राष्ट्रप्रमुखका रुपमा तपाईंले यो आलोचनाको कसरी जवाफ दिनुहुन्छ ?’

मुखर्जीको दोस्रो जवाफ यस्तो आयो– ‘भारतको छिमेक प्राथमिकता नीतिको केन्द्रीय भाव वा दर्शन भनेको निकट सम्बन्ध र समृद्धिमा सहभागिता हो भन्ने मलाई लाग्छ । हाम्रो नेपालसँगको सम्बन्ध दुई देशको दीर्घकालीन हितमा आधारित हुनेछ । नेपाल र भारतले विकाश, शान्ति, आर्थिक समृद्धि र जनताका भलाइका लागि सँगै मिलेर काम गर्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ ।’
कान्तिपुर दैनिकबाट

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger