Latest Updates :

साउदी राजकुमारलाई कोर्रा ! साना ठुला कानून सबैलाई उस्तै छ साउदी अरबमा,नेपालले पनि सिक्ने कि ?

SHARE THIS POST :

रियाद, १८ कात्तिक । साउदी अरबका एक राजकुमारलाई कोर्रा हानी सजाय दिइएको छ । साउदी अरेबियाको सत्तासीन अल साउद परिवारका एक राजकुमारलाई जेलभित्रै कोर्रा दिइएको हो ।

आजको नयाँ पत्रिकामा खबर छ– अदालतको फैसलाअनुसार उनलाई सो सजाय दिइएको साउदी समाचारपत्र ओकाज दैनिकले जनाएको छ । यसअघि हत्या अघियोगमा अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो ।
राजकुमारलाई लागेको अभियोगबारे सो पत्रिकाले विस्तृत रुपमा खुलासा गरेको छैन । तर, ती राजकुमारलाई यसअघि नै कैद सजायको फैसला गरिएको पत्रिकाले उल्लेख गरेको छ ।
राजकुमारलाई एउटा प्रहरीले सोमबार कोर्रा हानेको पत्रिकाले जनाएको छ । कोर्रा हान्नुअघि उनको शारीरिक र मानसिक परीक्षणसमेत गरिएको सो पत्रिकाले जनाएको छ । यस विषयमा साउदी सरकारका न्यायमन्त्रीले भने टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger