Latest Updates :

भाषणमा मात्र बन्यो धरहरा, नयाँ धरहराको नक्सासमेत बनेन,सरकारले धरहरा बनाउला भनी कुरी बसे एक दिन धरहराको अस्तित्व नै मेटिनेछ यसको लागि आफ्नो आफ्नो ठाउ बाट तपाई हामी नै उठौ दबाबको लागि एक शेयर अबश्य गरौ।

SHARE THIS POST :
काठमाडौं, २० कात्तिक । भूकम्पबाट ढलेको धरहरा निर्माण गर्न सरकारले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएको करिब नौ महिना बितिसकेको छ । तर, निर्माणको काम सुरु नै भएको छैन । अहिलेसम्म नक्सासमेत बनेको छैन ।

नक्सा बन्न एक महिना लाग्ने
पुरातत्व विभागका सिडिई सम्पद घिमिरेले धरहराको नक्सा बन्न अझै एक महिना लाग्ने बताए । ‘नक्सा बनाउन विभागले कन्सल्टेन्टलाई जिम्मा लगाएको छ । नक्साको काम सक्न अझै महिना दिन लाग्ने देखिन्छ’, घिमिरेले भने । विभागले धरहराको सम्भाव्यता अध्ययन चार महिनाअघि नै सकेको थियो ।


अध्ययनपछि सम्भावित नक्सा पनि सार्वजनिक गरेको थियो । ‘सम्भाव्यता अध्ययन हुँदा र अहिले धरहराको नक्सा परिवर्तन हुनेछ,’ घिमिरेले भने, ‘पहिला धरहरा ६ रोपनी जग्गामा मात्रै बन्ने भनिएको थियो । तर, अब २९ रोपनी जग्गामा धरहरा निर्माण गरिनेछ । त्यसैले वास्तविक नक्सा बन्न ढिला भएको हो ।’

२९ रोपनी जग्गामा बन्नेछ नयाँ धरहरा
पुरातत्व विभागका अनुसार नयाँ धरहरा गोश्वारा हुलाकको साढे ११ रोपनी, टक्सारको थप साढे ११ रोपनी र पुरानो धरहराले चर्चेको ६ रोपनी गरि २९ रोपनीमा बन्नेछ । धरहराको डिपिआर कन्सल्टेन्ट केजरएमआरपी जेभीले गर्दै छ । यसका लागि १५ लाख खर्च भइसकेको छ । थप ५० लाख डिपिआरमा लाग्ने कम्पनीले जनाएको छ ।

नयाँ धरहराको उचाइ दुई सय ४५ फिट तथा ११ तलाको बन्नेछ । विभागका अनुसार नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट बन्नेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । अत्याधुनिक पार्किङको सुविधा पनि हुनेछ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय पनि निर्माण गर्ने योजना छ ।

अभियानबाट दुई करोड जम्मा
‘मेरो धरहरा मै बनाउँछु’ अभियान गत वर्ष ५ फागुनमा सुरु गरिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोकतत्वमा ‘मेरो धरहरा मै बनाउँछु’ कोष खडा गरिएको थियो । अभियानअन्तर्गत अहिलेसम्म दुई करोड जम्मा भएको छ । प्राधिकरणका अनुसार कोषमा एक करोड ९५ लाख ४६ हजार ९१ रुपैयाँ जम्मा भएको छ । कोषमा सबैभन्दा धेरै पुनर्बिमा समितिले एक करोड रुपैयाँ सहयोग गरेको छ । बाँकी ९५ लाख ४६ हजार ९१ रुपैयाँ भने व्यक्ति, सरकारी तथा निजी संघसंस्थाले सहयोग गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले कोषमा ६१ हजार आठ सय बीस रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्रपति कार्यालयबाट ३२ हजार पाँच सय नौ, उपराष्ट्रपति नन्दबहादुर पुनले ४४ हजार नौ सय ७० रुपैयाँ सहयोग गरेका छन् । धरहरा निर्माण गर्न सरकारले ८० लाख रुपैयाँ निकासा गरेको छ । त्यसमध्ये ६५ लाख रुपैयाँ नक्सा डिजाइनमा लाग्नेछ । बाँकी रकम अन्य बन्दोबस्तीमा खर्च हुने भनिएको छ । धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नयाँ पत्रिका दैनिकमा टेकराज थामीले खबर लेखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger