Latest Updates :

प्रचण्ड खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन्ः ओली

SHARE THIS POST :
 पुस, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले निर्वाचनका लागि सिन्कोसम्म नभाँचेको भन्दै प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरेका छन् ।

विपक्षी ९ दलले आइतबार सिंहदवारमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री खल्तीमा कैंची र सलाई हालेर हिँडेका छन् । एक थान हेलिकोप्टरमा एउटा झुण्ड बोक्यो, जहाँ भेट्यो त्यही कैंची चलायो ।’

माओवादी सशस्त्र विद्रोहलाई ‘असफल वितण्डा’ भन्दै ओलीले त्यसको जयजयकार गर्न प्रधानमन्त्रीले राज्यकोष खर्चिएको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डले शनिबार रोल्पा पुगेर ‘गुरिल्ला ट्रेल’ र ‘जनयुद्ध संग्राहलय’को उदघाटन गरेका थिए ।

अध्यक्ष ओलीले देशलाई नोक्सान हुने काम आफूहरुबाट नहुने पनि उल्लेख गरे । संविधानले नै निषेध गरेको विषय संसदमा प्रवेश हुन नदिने अडान उनले दोहोर्‍याए ।

एमाले अध्यक्ष ओलीले जनतालाई झुटो आश्वासन दिएर नहिाडन पनि प्रधानमन्त्री प्रचण्डलाई पुनः आग्रह गरेका छन् ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger