Latest Updates :

एन सेल तथा नेपाल टेलिकम प्रयोग कर्तालाई यस्तो छ दशैको गज्जबको उपहार दशै भरी लिनुहोस मज्जा सबैलाई जानकारी दिउ शेयर गरौ।

SHARE THIS POST :
काठमाडौं । नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ ।

टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले आइतबार विज्ञप्ति जारी गरी टेलिकमको विभिन्न सेवामा छुट दिइएको बताएकी छिन् । विज्ञप्ति अनुसार टेलिकमले उपभोक्तालाई यही असोज १३ देखि २१ गते र कात्तिक चार देखि १३ गतेसम्म विभिन्न सेवामा छुटहरु दिएको छ ।

टेलिकमले जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने कलको विद्यमान महसुल दरमा १० प्रतिशत छुट दिएको छ ।

 यस अनुसार उक्त अवधिभित्र जिएसएम र सिडिएमए पोष्टपेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र जिएसएम र सिडिएमए प्रिपेड मोवाइलबाट प्रतिमिनेट एक रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ ।

यसैगरी जिएसएम र सिडिएमए सेवामार्फत कम्पनीकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध गराइएको विज्ञप्तिमा जनाइएको छ । सो अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ ।

यस्तै पिएस्टिएन/ सीफोन सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल दुईसयमा एकसय ७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा आश्विन र कार्तिक महिनामा एकसय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल दुइसय ७५ कल निःशुल्क उपलब्ध गराएको छ ।

टेलिकमले जिएसएम र सिडिएमए डाटा सेवाको विद्यमान महसुल दरमा पनि छुट उपलब्ध गराएको छ । यस अनुसार जिपिआरएस र थ्रीजी सेवाको महसुल ५० पैसा प्रति एमबी र सिडिएमए इभिडियो सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको छ ।

भोल्युम बेस्ड एडिएसएल तथा वाइम्याक्स सेवाका ग्राहकहरुलाई पनि टेलिकमले अधिकतम तीन जिबी डाटा थप गरेको छ । दशैको अवधिमा असोज १३ देखि २० गतेसम्म भ्यालिडिटी सकिनेले मात्रै सो छुटको उपयोग गर्न सक्नेछन् । थप डाटाको भ्यालिडिटी  समय २१ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।

 यसैगरी तिहार र छठपर्वको अवधि (मिति २०७१।०७।०६ देखि २०७१।०७।१२) मा भ्‍यालिडिटी समय सकिने ग्राहकहरुलाई समेत तीन जिबी डाटा थप गरिनेछ । उक्त थप डाटाको समायावधि कात्तिक १३ गतेसम्म कायम रहनेछ ।

यही असोज १४ देखि २१ गतेभित्र अनलिमिटेड एडिएसएल र वाइम्याक्स अकाउन्टको समायावधि समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति असोज २२ सम्म तथा कात्तिक ६ देखि कात्तिक १२ भित्र एडिएसएल र वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १३ गतेसम्म थप गरिएको छ ।

सिडिएमए सेवाका ग्राहकहरुलाई असोज ९ देखि २१ सम्म तथा कात्तिक ४ देखि १३ गतेसम्म प्रत्येक रिचार्जमा १० देखि २० प्रतिशतसम्म बोनस उपलब्ध गराएको छ ।

यसअनुसार उक्त अवधिभित्र प्रत्येक २०० रुपैयाँको रिचार्ज गर्दा २० र पाँचसय रुपैयाँको रिचार्ज गर्दा ७५ तथा एकहजार रुपैयाँको रिचार्ज गर्दा दुईसय रुपैयाँ बोनस उपलब्ध दिइने टेलिकमले जनाएको छ । सो बोनसको भ्यालिडिटी पिरियड क्रमशः एक र दुईदिन कायम रहनेछ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger