Latest Updates :

२० वर्षमा विहे, २२ मा विधवा, २३ मा पुगिन् कोठी

SHARE THIS POST :

श्रीमानसँग सुखको जिन्दगी विताइरहेकी एक विवाहित युवतीको जिन्दगीमा एउटा यस्तो तुफान आयो कि उनको सबै सपना तहसनहस पारिदियो । उनको जीवनमा एक समय यस्तो पनि आयो कि रोजीरोटीका लागि वेश्यावृतिमा समेत लाग्नुपर्यो । खासगरी उनी आफ्नो दुधेबालकका लागि कोठीमा बेचिन पनि तयार भइन् । २० वर्ष भन्दा पनि कम उमेरमै विहे, २२ वषमै भइन् विधवा सुखी र खुसीको जिन्दगीबाट वेश्यावृतिसम्मको यात्रा तय गर्ने यी युवतीको विहे २० वर्ष नपुग्दै सानै उमेरमा भएको थियो । उनको खुसी धेरै समय टिकेन र २२ वर्षको उमेरमै उनका श्रीमानको मृत्यु भयो । त्यो पीडाले उनको जीवनलाई अध्यारोमा धकेल्यो । श्रीमानको मृत्युको बेला उनको काखमा दुई वर्षको बच्चा थियो ।
यसरी फसिन वेश्यावृतिको दलदलमा श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो । त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् । छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् । अहिले उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् । कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ । कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । (भारतीय पत्रिका जागरण डट कमको सहयोगमा)

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger