Latest Updates :

के तपाईलाई कम भोक लाग्छ या भोक लाग्दैन नै भने ,गम्भीर रोग लागेको हुनसक्छ,जानिराखौ।

SHARE THIS POST :
कतिपय मानिसलाई भोक नलाग्ने समस्या रहेको हुन्छ । भोक नलाग्दा खाना समेत नखानेहरुमा नातागत हुँदा स्वास्थ्यमा समस्या देखिने गरेको छ । तर, भोक किन लागेन त ? यसबारे खासै ध्यान दिएको हुँदैन । विभिन्न रोगका कारण पनि भोग नलाग्ने समस्या हुन्छ ।
भोक नलाग्नुको कारण :
१. भोक नलाग्नुका विभिन्न कारण मध्ये एक तनाव पनि हो । तनावले दिमाग र शरीरलाई असर गर्छ । बढी तनाव भएपछि भोक नलाग्ने समस्या देखा पर्छ । यसर्थ तानवमुक्त हुने कोशिश गर्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ ।
२. मृगौलाले राम्रोसँग काम नगर्दा पनि भोक नलाग्ने गर्छ । मिर्गौलाले शरीरका विकारलाई फाल्ने र रक्तचाप ठीक राख्ने काम गर्छ । यसर्थ मिर्गौलाले नै राम्रोसँग काम गरेन भने भोक लाग्दैन ।
३. मधुमेहका कारण पनि भोक लाग्दैन । मधुमेहका कारण शरीरमा बढी थकान, धेरै तिर्खा र पिसाब लाग्ने गर्छ ।
४. अल्सर भएमा पनि भोक लाग्दैन । अल्सरले पेटदेखि छातीसम्म असर गर्छ । यसको अन्तिम असर भोकमा पर्छ ।
५. एन्टिबायोटिक औषधि सेवन गरेका व्यक्तिलाई पनि कम भोक लाग्छ । केही एन्टिबायोटिक औषधिको नियमति सेवन गर्दा साइडइफेक्ट स्वरुप भोक नलाग्ने गर्छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger