शर्मिला गुरुङ्ग दृश्य: ५२४ वर्ग: पत्रपत्रिका
कार्तिक १२, धादिङ । भूकम्पले घर तहस नहस बनाएपछि ठड्याइएको एउटा सानो झुप्रो । त्यस बाहिर आँगनमा एकसरो सेतो वस्त्र धारण गरेकी एक महिला र दुई नाबालिका नानीहरु । सरसर्ती हेर्दा हिन्दु परम्परा अनुसार किरिया गरिरहेको अवस्था प्रष्ट देखिन्छ । धर्मको भाषामा तस्बिर सामान्य लागे पनि मानवताको हिसाबले तस्बिर कारुणिक, बाध्यकारी र हृदयविदारक लाग्छ ।
यो दृश्य धादिङको कुम्पुरे पिपलटारस्थित दलित बस्तीको हो । स्थानीय लालबहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका दुई बालिका अहिले बाबुको किरियामा बसेका छन्। कुम्पुरकै महाकाली माद्यामिक विद्यायलमा कक्षा ९ मा पढ्ने पवित्रा बयलकोटी र कक्षा ७ पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको किरिया गरिरहेका छन्।
श्रीमानको निधनको पीडामा रहेकी लालश्रीलाई साना छोरीलाई किरियामा राख्नुपर्दा थप पीडा भएको छ । लालबहादुरका छोरा नभएकाले दुई छोरी बाबुको किरियामा बसेका छन् । लालबहादुरका ६ छोरी मध्ये दुईटीले मात्र सेतो लुगा लगाएका छन् । अन्य छोरीहरु ६, ४ वर्षका सँगै १ वर्षकी दुई छोरी जुम्ल्याहा छन्। यी नाबालकलाई आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन् भन्ने बुझ्न पनि सक्दैनन् ।
सानासाना छोरी बुवाको किरियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै भक्कानिने गरेका छन् । लालबहादुरको निधनपछि ६ छोरीको पालनपोषण गर्ने जिम्मा लालश्रीको काँधमा आइलागेपछी उनी चिन्तित छिन् । उनले भावुक हुँदै भनिन्, ‘घरको कमाउने मान्छेलाई कुन पापीको आँखा लाग्यो, अब म एक्ली महिलाले कसरी हुँर्काऊ यी कलिला नानीहरुलाई ।’
दलित परिवारमा रोग, भोक, र अभावकाबीच जन्मेका यी अवोध कलिला नानीको उचित लालन पालन गर्न र शिक्षादीक्षा दिनसक्ने कुनै अभिभावक छैनन्। उल्टै घरमा ६० बर्षीया वृद्धा हजुरआमा छिन् ।
लालबहादुरको मृत्यु रहस्य
कात्तिक १ गते साँझ ७ बजे घरबाट बाहिरिएका लालबहादुर २ गते बिहान सुनौलाबजार गाउँ विकास समितिको सुकौराखोलामा झुण्डिएको अवस्थामा फेला परेका थिए । दसैंमा बनाइएको पिङमा झुण्डिएको भनेर प्रहरीलाई खवर गरिए पनि उनको खुट्टाले भुइ छोइएको प्रस्टै देखिएको स्थानीयले बताएका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरि शव पोष्टमार्टमको लागि धादिङवेशी ल्याएका थिए । झुण्डिएको भनिएको स्थान रहस्यमय र शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा ५ जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।