Latest Updates :

कार्कीलाई जोगाउन भारतदेखि अन्य कूटनीतिक संयन्त्र समेत सक्रिय, नेपाल कसले चलाउँछ ? जनता जान्न चाहन्छन ।

SHARE THIS POST :
काठमाडौं,  कात्तिक । आफूलाई संसदको महाअभियोगबाट जोगाउन विभिन्न संयन्त्र प्रयोग गर्ने क्रममा कूटनीतिक समुदायलाई समेत उपयोग गरेका छन् । उनको बचाउमा भारतीय रिसर्च एन्ड एनालाइसिस विङ ९रअ० राजधानीमा सक्रिय भएको छ । उक्त विङले भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्रभावमा राख्न सक्ने केही कूटनीतिज्ञ, राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिलाई समेत उपयोग गरिरहेको अधिकारीहरूले बताए । करिअरको त्रास, राजनीतिक पद र आर्थिक प्रलोभन देखाएर यस्ता प्रयास भइरहेको ती अधिकारीले जनाए ।

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनासाथ रअका नेपाल स्टेसन प्रमुख विवेक जोहरी राजनीतिक भेटघाटमा संलग्न हुन थालेका छन् । उनले विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरूलाई भेटेका छन् । उनले मधेसी दलका नेताहरूदेखि सरकारमा रहेका तराई भेगका नेताहरूसँग बिहीबार दिनभर भेटघाट गरेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।

यसैबीच भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार बेलुका नै भेटेर लोकमान प्रकरणबारे जिज्ञासा राखेका छन् । उनले कांग्रेस सभापति शेरबहदुर देउवासँग पनि टेलिफोन सम्पर्क गरेर यस विषयमा जिज्ञासा राखेका छन् । उनी अन्य नेताहरूलाई पनि भेट्ने र यसबारे छलफल अघि बढाउने तयारीमा रहेको स्रोतले जनायो ।

छिमेकी भारतको उच्च नेतृत्वबाट आएको निर्देशनअनुसार काठमाडौं स्टेसन सक्रिय भएको गृह अधिकारीहरूले बताए । कार्कीले कूटनीतिज्ञहरू मात्र नभई भारतीय ‘बाबाहरू’ समेतलाई आग्रह गरी त्यस्तो निर्देशन दिन लगाएको हुन सक्ने नेताहरूको अनुमान छ । आफ्नो बचाउका लागि कार्कीले राजनीतिक दलका नेताहरू र भारतीय बाबादेखि पूर्वराजासम्मलाई उपयोग गरेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger