Latest Updates :

बंगालीको एसिड प्रहारबाट मलेसियामा नेपालीको मृत्यु

SHARE THIS POST :

काठमाडौं २० असोज |जनकपुर अन्चल रामेछाप जिल्ला धोबि गा.बि.स वार्ड नम्बर १ धोबी घर भई करिव दुई वर्ष तिन महिना अघि रोजगारीको लागी मलेसियामा आएको नेत्र महताराको असोज १२ गते बिहान J.H हस्पिटलमा दुखद् मृत्यु थियो ।


मृत्युको मुख्य कारण सुति रहेको समयमा अपरिचित बङ्गाली नागरिकले छ्यापेको एसिड प्रहारबाट भएको जानकारी उनको साथीले दिएका छन् । बंगालीको एसिड प्रहारबाट शख्त घाईते भएका मृतक नेत्र महताराको उपचारको निम्ति बिहान ०३:५० बजे संगै सुतेका घाईते साथी समेतलाई नहकुल तथा तुलसी भटराई समेतको सहयोगले तत्कालै जोहोर अस्पतालमा भर्ना गराईएको थियो ।


उपचार गर्दै रहेका डाक्टरले बाच्ने आश १० % मात्र रहेको छ भनेको केहि समय पश्चात दुवै आँखा नदेख्ने तथा हात पनि नचल्ने बबताएको केहि समय पश्चात कोसिस गर्दा गर्दै मृत्यु हुन् पुग्यो भन्ने जनाउ दिए ।
उनै नेत्रको शव मलेसियाबाट उनका साथीभाईहरुको अथक प्रयास पछी २०७३/६/१९ गते नेपाल ल्याइयोको थियो र स्व.महताराको लास हिजो राति १० बजे बजे उनका परिवारले जिम्मा लिंदै हिजै धार्मिक संस्कार अनुसार स्व.महताराको दाह संस्कार समेत गरिएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger