Latest Updates :

केहि फेसबुकका महान आत्माहरू लाइ संयुक्त जवाफ दिदैछू,फेसबुकका मित्रहरुलाई दीपक राज गिरिको झटारो।

SHARE THIS POST :
केहि फेसबुकका महान आत्माहरू लाइ संयुक्त जवाफ दिदैछू
जो पटक पटक हामिलाइ सिकाइरहनु हुन्छ.. ....फिल्म बनाएर बस्ने होइन समाजसेवा गर , फिल्म बनाएर पैसा किन कमाको? फलानोको जस्तो गर.. उस्को जस्तो गर इत्यादि
जवाफ
कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ? एउटा चलचित्र बनाउदा ९०% डुब्ने सम्भावना हुन्छ? केबल १०% चलचित्र मात्र सफल हुन्छन् नेपालमा .....१ करोडको लगानिले एउटा स्तरिय रेष्टुरेन्ट खोलेर ज़िन्दगी भरलाइ कमाउने बाटो हुन सक्थ्यो तर हामिले चलचित्र बनाएर जोखिम उठायौ,
चलचित्र बनाउनु, समाजको यथार्थवाइ पर्दामा उतार्र्नु ,कबिता लेख्नु, पुस्तक लेख्नु.... पैसा कमांउन मात्र गरिएको काम हो? ..
लक्ष्मि प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाइ हामि पढिरह्का छौ के उनले कबिता लेख्न छोडेर समाजसेवा गर्नु पर्थ्यो?

उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू?
नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए?
सॉधुरो सोच नराख्नुस.. समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो? .. के तपाइ हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा?
कसै संग कसैलाइ तुलना नगर्नुस
सबैको काम त्यति नै महत्वपूर्ण हुन्छ... समाजसेवा मात्र संसारको एउटा मात्रै बिकल्प होइन...आफूले लागेको क्षेत्र बाट केहि उपलब्धिपूर्ण नतिजा समाजलाइ दिन सक्नु पनि राष्ट्बाद हो, समाजसेवा हो आफ्नो पेशामा सत प्रतिशत इमान्दार भएर काम गर्नु पनि समाज सेवा हो
हामिले त गर्यौ र गरेको महसूस पनि छ .....तर तपाइ जस्ले फेसबुकमा ....धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ .....तपाइले अब आफूलाइ चाहि प्रमाणित कहिले गर्ने?
कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?
एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ , सहयोगी हुनु पनि पर्छ
तर .. वकिल, डाक्टर, कबि साहित्यकार , ब्यापारिहरू सबैले आआफ्नो कार्यालयमा ताला लगाएर,काम बन्द गरेर समाजसेवा तिर नै लाग्ने हो र? .....

यो पोस्टलाइ अहिलेसम्म ७६ जनाले शेयर तथा ४५०० ले लाइक गरिसकेका छन। 

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger