Latest Updates :

बुद्धिस्टको खोल ओढेर यस्तो सम्म गरेको पनि देखियो।

SHARE THIS POST :
नेपाल भन्ने देश उत्पति भएकै दिन देखि विभिन्न चाडपर्वहरु मनाईदै आएको तथ्य हुँदाहुँदै पनि आफूहरू अहिंसावादी भएको भन्दै केही बौद्ध धर्मावलम्बीले भक्तपुरको सल्लाघारीमा बिक्रीमा राखिएका च्याङ्ग्राहरू तोकिएको मूल्यभन्दा पनि बढी रकम तिरेर खरिद गर्न थालेपछि सर्वसाधारण उपभोक्ताले विरोध जनाएका छन् ।

जनावरको हिंसा गरेर दसैँ मनाउने प्रवृत्तिको अन्त्यका लागि आफूहरूको अभियानस्वरूप बिक्रीमा राखिएका च्याङ्ग्रा व्यापारीसँग एकमुष्ट खरिद गरी सिन्धुपाल्चोक र दोलखाको वनमा लगेर स्वतन्त्र रूपमा छोड्न थालेपछि उपभोक्ताले भने असन्तुष्टि व्यक्त गरेका हुन् ।
उक्त स्थलमा च्याङ्ग्रा खरिदका लागि आएका अनन्तलिङ्गेश्वर नगरपालिका–६ का स्थानीय भाइकृष्ण श्रेष्ठले अहिंसाका नाममा केही व्यक्तिले दसैँको समयमा कृत्रिम अभाव गराउन खोजेको भन्दै यसप्रति सर्वसाधारण उपभोक्ता सचेत हुनुपर्ने बताउनुभयो ।

कुनै पनि देशलाई तहसनहस पार्नु छ भने त्यो देसको मौलिक धर्ममाथी हमला गर्नु पर्छ भन्ने सोच राखेर   नेपालमा केहि बर्ष देखि हिन्दु धर्म निमिट्यान्न पार्न भनेर पश्चिमाहरु युद्धस्तरमा लागेका छन । हिन्दु धर्म संसारकै सबै भन्दा पुरानो धर्म हो भन्ने कुरा ईसाईहरुलाई राम्रै संग थाहा छ ।
यसै सिलसिलामा नेपालमा तिब्बतबाट भागेर नेपालमा आई सरणार्थी जीवन बिताई रहेका तिब्बतीहरुलाई पश्चिमाहरुले चिन बिरोधि गतिबिधिमा प्रयोग गरेका छन भने अहिंसाको नाममा नेपालको मौलिक हिन्दु धर्म माथी प्रहार गराउन पछी हटेका छैनन भन्ने कुरा हालैको ताजा घटनाले देखाएको छ ।
सरणार्थी जीवन बिताएर नेपालमा आश्रय लिएर बसेका तिब्बतीहरु संग करोडौको च्यांग्रा खरिद गरेर जंगलमा छाड्ने पैसा कसले दियो भनेर सरकारले अब अनुसन्धान गर्नु पर्छ कि पर्दैन ?
आर्काको देसमा सरणार्थीको रुपमा बसेपछी आफु बसेको देसको ऐन कानून तथा नियम कानूनको पालना पनि गर्नु पर्छ भन्ने हेक्का पनि होला । जब नेपालको ऐन कानूनको पालना गर्दैन भने त्यस्ताहरुलाई नेपालबाट फिर्ता किन नगराउने ?
नेपालको बौद्ध धर्म मान्नेहरुले अहिले सम्म अरुको धर्ममाथी हमला गरेको कुनै ईतिहास छैन भने यो सब पश्चिमा ईसाईहरुको कुकृत्य हो र यस्तो कार्यमा सबैले बेलैमा आवाज उठाएन भने हाम्रो देस नेपाल पनि पुन: गृहयुद्धको चपेटामा नपर्ला भनेर भन्न सकिदैन ।
हिंशा बिरोधि भन्ने, बुद्धको नाउँमा कलेजी कपडा लगाएर हिड्ने पस्चिमाका भरौटेहरु शुद्ध साकाहारी भने हैनन भन्ने कुरा यो लेखमा राखेको तस्बिरले पुस्टि गर्छ कि गर्दैन हेर्नुहोस !



WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger