Latest Updates :

खेतमा जलेको अवस्थामा महिला मृत फेला

SHARE THIS POST :
भीमदत्तनगर,  । कञ्चनपुरको पुनर्वास नगरपालिका–१४ ढक्कामा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । शनिबार ढक्काकी २२ वर्षीया बासमती राना घर नजिकैको खेतमा जलेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।
मृतक बासमतीका श्रीमान् राजकुमार रानाले श्रीमतीले विष सेवन गरेर आत्महत्या गरेपछि आफूले खेतमा लगेर जलाएको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीले घटनामा श्रीमान् राजकुमारको संलग्नता देखिएको आशङ्कामा पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक प्रतीक विष्टले राजकुमारलाई शनिबार नै पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको छ ।

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger