एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक चर्चित सन्त ज्योतिष हेरोल्ड क्याम्पिङले यो वर्षको अक्टोबर २ तारिखमा संसारको अन्त्य हुने दावी गरेका छन् ।अक्टोबर २ को साँझ ६ बजे संसारको अन्त्य हुने उनको भनाइ छ । उनको भनाइ अनुसार त्यतिबेला संसारको २ प्रतिशत जनसंख्या तत्काल स्वर्गवासी हुनेछ भने बाँकी अन्य कुनै स्थानमा पुग्नेछन् ।
पूर्व इन्जिनियर समेत रहेका ८९ वर्षीय क्याम्पिङले प्रत्येक दिन आफ्नो भविष्यवाणी रेडियो नेटवर्कको माध्यमबाट गर्ने गर्छन् ।यो रेडियो धार्मिक ब्रोडकास्टिङ संगठनले श्रोताको दान दातब्यको माध्यमबाट सञ्चालन गर्ने गर्छ । ७० वर्ष सम्म बाइबलको अध्यन गरेका सन्त हेरोल्ड क्याम्पिङले आफ्नो विशेष गणित विकाश गरेर भविष्यवाणी गर्दै आएका छन् ।
जिसस क्राइस्ट सुलीमा चढेको दिन देखि ७ लाख २२ हजार ५०० दिनपछि पृथ्वीको अन्त्य हुने तय रहेको दावी गर्दै उनले यो संख्या महत्वपूर्ण भएको बताएका छन् । बाइबलमा ५, १० र १७ लाई पवित्र तीन अंक मानिएको छ । यसको गुणनफलबाट आउने अंकलाई झनै महत्वपूर्ण मानिन्छ ।
सन्त हेरोल्ड क्याम्पिङले हैटी, जापान र नेपालमा आएको भूकम्पलाई समेत यो प्रलयको पूर्व संकेतकोरुपमा दावी गरेका छन् ।नेपाली हेडलाइनकाे सहयाेगमा हेर्नुस् भिडियोः
साभार -पुर्बेली न्यूज

WATCH MORE VIDEOS