Latest Updates :

चर्चित गीत गोरेटो अनि उस्तै छ गल्ली तिमि कतै बदलेउ कि का गायक सुनील बर्देवाको निधन

SHARE THIS POST :
बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि’
काठमाडौं । गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार निधन भएको छ। जन्डिसबाट पीडित गायक बर्देवाले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको छ।

 गीतकार नरेशदेव पन्त भने ‘मैले सुनेअनुसार बिहान खाना खाँदासम्म ठिकै थिए रे, दिउँसो अचानक रगत वान्ता गरेपछि अस्पताल ल्याइएको थियो । पन्त सुनीलले गाएको गोरेटो अनि गल्ली गीतका गीतकार हुन्।
timthumb36जब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतबाट चर्चित संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए। तर उनी गायन र संगीतबाट चिनिएका थिए। थुप्रै गीतमा शब्द, संगीत, गितारवादन, एरेन्ज दिएका बर्देवा पछिल्लो समय नयाँ एल्बमको तयारीमा थिए। पन्तका अनुसार ‘मेट्रिक्स’ नामक ब्यान्डबाट गाउन सुरु गरेका बर्देवाले साठीको दशकमा चर्चित नवीन के भट्टराई, निमा रुम्बालगायत पप गायकका अधिकांश गीत एरेन्ज गरेका थिए।
     
 ‘सुनील गाउन मात्र होइन, गीत लेख्न, एरेन्ज गर्न, गितार बजाउन र संगीत भर्नमा उत्तिकै दख्खल राख्थे,’ बर्देवासँग लामो संगत गरेका गीतकार पन्तले भने, ‘पप संगीतमा मात्र होइन, उनी शास्त्रीय सांगीतिक ब्यान्डमा पनि सक्रिय थिए।’
काठमाडौं स्थायी घर भएका बर्देवाकी श्रीमतीको दुई वर्षअघि नै निधन भइसकेको छ। छोरा सानै छन् भने छोरी चितवनमा डेन्टिस्ट अध्ययन गरिरहेकी छन्।
   
 कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।

पप गीतहरुमा संगीत संयोजन गर्ने उनी गीत समेत लेख्थे । बर्देवाका ‘जब म’, ‘मेरो गितार’, ‘बेस्ट अफ सुनील बर्देवा’लगायतका गीति एल्बम निस्किएका छन् । एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger