Latest Updates :

आतिफ असलम ,राहत फतेह अली खान लगायतका चर्चित गायक तथा कलाकार भारत छोड्दै उनीहरुको फ्यान बाट घोर बिरोध

SHARE THIS POST :
पाकिस्तानी कलाकारलाई ४८ घन्टाभित्र भारत छोड्न सेनाको धम्की भारत छोड़न
नयाँदिल्ली, ८ असोज - कश्मिरमाको उरीमा चरमपन्थीले हमला गरेपछि भारत र पाकिस्तानबीच चिसो बढ्दै गएको छ।

उरी हमलापछि बढेको तनाव दिनका दिन बढ्दै गइरहेको छ। र, यसको पीडा भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारले भोग्नुपर्ने अवस्था आउन लागेको छ।

महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई अबको ४८ घन्टामा देश छोड्न धम्की दिएको छ। यी कलाकारहरुमा फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास, मावरा होकेन र आतिफ असलम रहेका छन्।

यी कलाकारहरुले भारतलाई आफ्नो दोस्रो घरका रुपमा लिइसकेका छन्। यसभन्दा अघि पनि शिव सेनाले मुम्बईमा गजल गायक गुलाम अलीको एक कार्यक्रम रद्द गराइदिएको थियो।

१ फवाद खान
फवाद खानले फिल्म खूबसूरत बाट बलिउडमा डेब्यु गरेका थिए। करण जौहरको निर्देशनमा बनेको उनको फिल्म ’ऐ दिल है मुश्किल’ रिलिज हुने तयारीमा छ। समाचार अनुसार उनी चाँडै क्याटरिना कैफसँगको फिल्ममा देखिने तयारीमा छन्। जुन फिल्मलाई सलमान खान निर्माण गर्दैछन्।

२ अली जफर
अली जफरले बलिउडका केही उत्कृष्ट फिल्ममा खेलेका थिए। उनले मेरे ब्रदरकी दुल्हन, तेरे बिन लादेन र लण्डन पेरिस न्यूयोर्कमा खेलेका छन्। उनले अघिल्लो फिल्मकारुपमा गौरी सिन्देको डियर जिन्दगी मा शाहरुख खान र आलिया भट्टसँग देखिने तयारीमा छन्।

३ माहिरा खान
माहिरा खान पाकिस्तानकी नाम चलेकी कलाकार हुन्। उनी चाँडै शाहरुख खानको पार्टनरकारुपमा ’रईस’ फिल्ममा देखिने तयारीमा छिन्।

४. राहत फतेह अली खान
राहत फतेह अली खानलाई कसले पो चिन्दैन। अहिले पनि बलिउडका कयौं ठूला प्रोजेक्ट उनको हातमा छन्।

५. मावरा होकेन
’सनम तेरी कसम’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी मावरालाई कयौं ठूला फिल्म निर्माता हाउस नयाँ फिल्मका लागि हस्ताक्षर गराएका छन्।

६. इमरान अब्बास
जानिसार र क्रिचर थ्रीडी जस्ता फिल्ममा काम गरिसकेका इमरान अब्बासलाई पनि अतिथि भूमिकामा फिल्म ’ऐ दिल है मुश्किल मे’ मा देख्न सकिन्छ।

७. आतिफ असलम
आतिफ असलम एक उत्कृ्ट गायक हुन्। जसको गीतमा पुरै भारतबासी दिवाना भएका छन्। आतिफ असलमले हालमा आएर कयौं गीतका लागि अरजीत सिंहलाई विस्थापित गरेका छन्।
भारत सरकारको यो निर्णयबाट कलाकार फ्यान हर अत्यन्त चिन्तित र मर्माहत बनेका छन।
कारोबार दैनिकबाट


WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger