Latest Updates :

भारत र पकिस्तान युद्धको सघांरमा, भारतीय सेनाको आक्रमणमा परी दुई पाकिस्तानी सेनाको मृत्यु,जवाफमा पास्तिानले दियो परमाणु बम हमला गर्ने चेतावनी

SHARE THIS POST :

काठमाडौं, १३ असोज । भारतीय सेनाले काश्मिरको विवादित सीमामा आफ्ना दुई सैनिक मारेको पाकिस्तानी सेनाले बताएको छ।

पाकिस्तानी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेनाको आक्रमणलाई आफूले पनि ‘गतिलो जवाफ’ फर्काएको दाबी गरेको छ। भारतीय समाचरा संस्था एएनआइका अनुसार भारतीय सेनाले पाकिस्तान तर्फ ‘सर्जिकल अपरेशन’ थालेको बताउँदै सरकारले यस सम्बन्धमा छलफलका लागि चार बजे सर्वदलीय बैठक बोलाएको छ। भारतले आफ्नो भूमिमा सर्जिकल अपरेशन गरेको नभइ सीमामा गोली हानाहान भएको दाबी पाकिस्तानले गरेको छ। उक्त भीडन्त भिम्बर, कल र लिपा गाउँको आसपासमा भएको पाकिस्तानले जनाएको छ। विभाजित काश्मिरको सीमा मानिएको ‘लाइन अफ कन्ट्रोल’ क्षेत्रमा भारत र पाकिस्तानबीच कहिलेकाहीँ गोली हानाहान हुने गरेको छ।

भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त तनावपूर्ण भएकोले अहिलेको भीडन्तले दुई परमाणु शक्ति राष्ट्रबीच युद्व हुनसक्ने त्रास फैलिएको छ। केही समयअघि भारतको कास्मिरमा आतंकवादी हमलामा १९ जना भारतीय सैनिकको ज्यान गएपछि भारत र पाकिस्तानबीचको सम्वन्ध तनावपूर्ण भएको हो। उक्त हमला पाकिस्तानबाट आएका इस्लामिक आतंकवादीले गरेको भारतले आरोप लगाएको छ। तर, पाकिस्तानले उक्त आरोपको खण्डन गरेको छ।


यदि भारतले आफ्नो देशमा कुनै किसिमको आक्रमण गरे, त्यसको जवाफ परमाणु बमको प्रयोगबाट हुने पाकिस्तानले चेतावनी दिएको छ।


WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger