Latest Updates :

कुवेतमा एक नेपाली युवालाई मृत्युदण्ड फैसला, चितवन सेवा समाजले कानुनी सहयोग गर्ने -

SHARE THIS POST :
सेप्टेम्बर २६, कुवेत- कुवेतमा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ | शुक्रनगर १, चितवनका जीवन रानाभाटलाई कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो |

करीब ३ बर्ष पहिले रोजगारीको सिलसिलामा कुवेत आएका उनलाई २०१५ जुनमा कुवेत प्रहरीले लागु औषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको थियो | कुवेतको अटोमेक कम्पनीमा कार्यरत जीवनलाई दोषी ठहर गरि कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

उनी दोषी नभई कसैले फसाएको उनको परिवारको दावी छ । घर फर्कने तैयारीमा रहेका जीवन घर फर्कन ४/५ दिन बाँकी रहँदा एक्कासी गायब भएपछि मात्र उनको अवस्था बारे परिवारले थाहा पाएका थिए ।

आर्थिक अवस्था कमजोर भएका जीवन रानाभाटको जीवन रक्षाका लागि चितवन सेवा समाजले कानूनी सहायतामा सहयोग गर्ने भएको छ । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिती प्रवास संयोजक समिर खत्रीको समन्वयमा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालको मातहतमा रहेर चितवन सेवा समाज कुवेतले कानूनी सहायतामा सहयोग गर्ने चितवन सेवा समाज कुवेतका अध्यक्ष नवीन लोप्चनले हाम्रोसंचार डटकमलाइ जानकारी दिएका छन् ।

एबिसी टेलिभजनको ईन्देणी कार्यक्रम मार्फत उनको सकुशल उद्दारमा सहयोग गर्न परिवारले बिलौना गरेपछि चितवन सेवा समाजले यस बिषयमा छलफल गरि हाल कानुनी रुपमा सहयोग गर्ने निस्कर्ष निकालेको अध्यक्ष लोप्चनले बताए |

नेपाली राजदूतावास कुवेतले आफै वकिल राखेर मुद्दा लड्ने भनेपनि सम्बन्धित वकिलले केस जटिल भएको भन्दै जीवनको मुद्दा लड्न १० हजार दिनार (करिब ३५ लाख ३० हजार रुपैयाँ) मागेपछि जीवनले नै कारगारमा चिनेको वकिलसंग हारगुहार गरी ४ हजार कुवेती दिनार (करिब १४ लाख १२ हजार रुपैयाँ) मा मिलाएको र वकिल मुद्दा लड्न तैयार भएको नेपाली दुताबासका द्दित्तीय सचिव भोगेन्द्र लिंग्देनले जानकारी दिए ।

image-31-1उनको परिवारबाट १ हजार ५ सय कुवेती दिनार पठाई मुद्दा लड्ने वकिललाई हस्तान्तरण गरिसकिएको र उनले जीवनको फाईल हेर्न शुरु गरेको पनि जानकारी दिएका छन् । अब उनलाई तत्काल पाँच सय दिनारको आवश्यक परेको छ | यद्यपी उक्त रकम जुटाउन सक्ने अवस्था परिवारको छैन | उनको घरमा आमाबाबु, श्रीमती, १४ बर्षको छोरा र १० बर्षकी छोरी छन् ।

उनको सकुशल रिहाईमा आवश्यक परेको खण्डमा नेपाली दुताबास, एनआरएन, कुवेतका सम्पूर्ण संघ-संस्था, कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको आह्वान गर्ने चितवन सेवा समाज कुवेतका अध्यक्ष नवीन लोप्चनले बताए |

स्मरण रहोस केहि महिना पहिले बंगलादेशी नागरिकको हत्या अभियोगमा जेल परेका सन्चबहादुर पनि नेपाल तामांग घेदुंग कुवेत लगायत नेपाली दुताबास तथा सम्पर्ण कुवेतबासि नेपालीको संयुक्त पहलमा आफै वकील राखी ५ हजार कुवेती दिनार (करिब १७ लाख ५० हजार रुपैयाँ) सहित मुद्दा लडेपछि मुद्दा जितेर सकुशल नेपाल फिर्ता भएका थिए |

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger