Latest Updates :

साउदी अरबबाट ‘मृत्युदण्ड’ लाई जितेर फर्कंदै उत्तम

SHARE THIS POST :
काठमाडौं, १२ असोज । साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् ।
यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो । कुँवरले ३० सेप्टेम्बर २००९ मा कम्पनीको बासस्थानमा आफ्नै सहकर्मी बलीचौर ७, बागलुङका विष्णुप्रसाद घिमिरेको हत्या गरेका थिए । आफूले फ्रिजमा राखेको एक बोत्तल वियर घिमिरे खाइदिएको निहुँमा भएको झगडा बढदै जाँदा कुँवरले उनको हत्या गरेका थिए ।
अदालतले सार्वजनिक कानुनअनुसार कुँवरलाई मृत्युदण्डको फैसला सुनाएको थियो । अदालतले ब्यक्तिगत कानुनअन्तर्गत पीडित पक्षको धारणा मागेको थियो । यसमा पीडित घिमिरेको परिवारले कुँवरलाई माफी दिएको थियो । कुँवरले ब्लडमनि बापत घिमिरेको परिवारलाई ११ लाख ७५ हजार रुपैयाँ बुझाएका थिए ।
पीडित पक्षले माफी दिएको भन्ने व्यहोरा पाएपछि नेपाली दूतावासले अदालतमा गएर कुँवरलाई माफी दिन अनुरोध गरेको थियो । दूतावासको अनुरोधपछि अदालतले उनको मृत्युदण्डको फैसलालाई माफीमा परिणत गरिदिएको हो ।

‘कुँवरले साउदीमै बसेर काम गर्न भने पाउने छैनन्,’ कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘उनी अब छिट्टै स्वदेश फिर्न पाउने छन् । त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको छ ।’
साउदीको राक भन्ने स्थानमा रहेको कम्पनीमा कुँवर खाना बनाउने काम गर्थे भने घिमिरे सोही कम्पनीमा इलेक्ट्रिसियन थिए । कुँवरलाई हाल ताबुकस्थित जेलमा राखिएको छ । कान्तिपुरमा समाचार छ ।


WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger