Latest Updates :

यसकारण चार जना नेपालीलाई अदालत बाट फासिको सजाय दिने फैसला।

SHARE THIS POST :
कतारमा स्याङजाका कुशललाई १० दिनपछि मृत्युदण्ड

कतार । वैदेशिक रोगजारीका सिलसिलामा कतार पुगेका एक नेपाली युवालाई कतारको पुनरावेदन अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
कतारको पुनरावेदन अदालतले स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको सजाय दिने तल्लो अदालतको फैसलालाई सदर गरेको हो ।



 am sick do I do when my much care. Liking they eat maize, rice rice khuvaumthyaum me. Baba, you have a number of herbs gathered khuvaumthyau. Here I have a fever dhalemchu day.I byumjhamda Hospital. Hospital lamp was burning. My mistress was adaima. But, his face was dark. Because, I bhaemchu duijiuki. The next day, my captors took her home. The police came to take me a few minutes. Because, my visa had expired. It must move all the owner and the owner's son.


WATCH MORE VIDEOS

 
मार्च ३१ तारिखमा ‘क्रिमिनल कोर्ट’लेमृत्युदण्डको फैसला गरेपछि कार्की पुनरावेदन गएका थिए । पुनरावेदनले पनि मलाई मुत्युदण्ड दिने फैसला सुनायो कार्कीले भनेका छन् ।

२०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो ।
कतार स्थित नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।
कार्यवाहक राजदूत गणेशप्रसाद ढकालले पीडक र पीडित दुवै नेपाली भएकाले परिवारहरूबीच सहमति गराउन आवश्यक रहेको बताउनुभएको छ ।
‘पीडक र पीडित दुवै नेपाली हुन् । दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, उनले भने, ‘सम्बन्धित पक्षबीच मेलमिलापको प्रक्रिया अगाडि बढाउन हामीले माथिल्लो तहमा भनिसकेका छौं ।’
मृतक अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् । कुशलले आफ्नो परिवारमार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए ।
‘मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ,’ उनले भने, ‘पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।’
सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिने चलन छ ।
कतार आएको तीन महिनामै हत्या अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । तलब र काम नदिएको रिसमा आबेगमा आई कार्कीले कम्पनीका सुपरभाइजर अन्सारीमाथि चक्कु प्रहार गरी हत्या गरेका थिए । हत्याको अभियोगमा उनलाई केन्द्रीय कारागारको थुनामा राखिएको छ ।
नेपालबाट पहल नभए उनलाई अबको १० दिनभित्र फाँसीमा झुण्ड्याइने कतारमा कार्यरत नेपालीहरुले बताएका छन् । उनीहरुले तत्काल पहल गर्न सरकारसंग माग गरेका छन् ।
यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस्

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger