बाजुरा , असोज । बाजुराको गोत्री गाविसमा अनौठो आकृतिको नयाँ गुफा भेटिएको छ ।
शिव लिङ्ग आकारको ठूलो ढुङ्गाबीच हात्तिकै जस्तो सुँढ आकृतिमा बग्ने ढुङ्गेधारा र त्यसैको बीचमा चार वटा पानीका कुण्ड (दह) भएको नयाँ गुफा ताल भेटिएको हो । हेर्दा अनौठो र आश्चार्य लाग्दो गुफा गोत्री–४ स्थित रिफेरह जंगलमा भेटिएको हो ।
जंगलको स्थानीयले परापूर्व कालदेखि नै उपयोग गर्दै आएका भएपनि कोही कसैले नभेटाएको र हाल मात्र फेला परेको स्थानीय कृष्ण बमले बताउनु भएको छ । गुफा स्थानीयले घाँस काट्न गएको बेला देखेका हुन् ।
गुफा भेटिएको स्थान मार्तडीबाट २ दिनको पैदल दुरीमा पर्छ । नयाँ र अनौठो गुफा भेटिएपछि स्थानीयले दैविक शक्ति हुनसक्ने भन्दै दैनिक जसो पूजापाठ तथा दर्शनका लागि जाने गरेको स्थानीय प्रकाश बहादुर शाहीले बताउनु भएको छ ।
अन्य ताजा समाचार र विचार पढ्नका लागि हामीसँग फेसबुकलाइक र फलो गर्नुहोस्, तपाई ट्वीटरमा पनि समाचार प्राप्त गर्नु सक्नुहुनेछ ।

WATCH MORE VIDEOS