Latest Updates :

नौ कक्षा फेल भएका केटाले बनाए फालिएको सामानबाट कम्प्युटर..

SHARE THIS POST :
भारत मुम्बईको घाटकाेपरमा बस्ने जयन्तले फालिएका कबाडी सामानहरुबाट कम्प्युटर बनाएर सबैलाई आश्चर्य चकित बनाएका छन् । जयन्त नौ कक्षा फेल हुन् । उनलाई पढाइमा कुनै रुचि नै छैन, तर उनि यस्तो कम्प्युटर बनाउन चाहन्छन् जुन सबैको पहुचमा होस् । उनको बाबु रविन्द्र पहिला उनको पढाइमा भएको अरुचि देखेर निकै दुखी थिए । तर अहिले उनि आफ्नो छोराको कौशलता देखेर निकै खुसी छन् ।

जयन्तका बाबु रविन्द्रले स्कूल, कलेज र अफिसमा फालिएका (ई-वेस्ट) सामानहरु संकलन गर्ने काम गर्दछन् । उनि भन्छन् कि यो फालिएको सामानमा केही न केही त काम लाग्ने पक्का होला । त्यसैले उनि उक्त कवाड सामानबाट केही कबाडीलाई बेच्दछन् भने काम लाग्ने सामाग्रीहरुलाई उनि छोरालाई रिसाइकलको लागि दिन्छन् । उनका बाबु बताउँछन् कि उनको छोराले सानै कक्षामै हुने बेला एउटा बिग्रेको ल्यापटक ठिक गराएका थिए ।  त्यसपछि उनको यस बिषयमा झन रुची बढ्न थाल्यो ।

जयन्तले जुन कम्प्युटर बनाएका छन् त्यसको स्क्रिन कुनै अपरेशन थियटरमा राखिने मनिटर जस्तो देखिन्छ । उनि भन्छन्, बाबुले संकलन गर्नुभएको सामाग्रीबाट आफूलाई चाहिने सामानहरु निकाल्ने गर्दछु । जसमा धेरै प्रकारका कम्प्युटर हार्डवयर पार्टस् पनि हुन्छन् । जसको मद्दतले उनले एक कम्प्यूटर बनाएका छन् ।

जयन्त का अनुसार एक्लै मुम्बईमा मात्र ९ हजार टन भन्दा धेरै ई-वेस्ट निस्कन्छ जसमा केवल ३५ हजार टनलाई मात्र रिसाइकल गर्न सकिन्छ । अहिले आफ्नो बाबुको आदेश अनुसार सेन्ट टेरेसा स्कूलमा दश कक्षाका लागि एडमिशन लिएका छन् । साथसाथै उनि ह्याकिङ कोर्स पनि सिक्न गइरहेका छन् ।

WATCH MORE VIDEOS

SUBSCRIBE YOUTUBE CHANNEL

SHARE THIS POST :
Loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Fresh News - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger